गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले कोरोना संक्रमणलाई जितेका छन् ।
जेठ १२ गते उनमा कोरोना संक्रमण देखिएको थियो । कोरोनाका लक्षण भने नदेखिएका उनी १२ दिनसम्म गाउँपालिकाकै आइसोलेसनमा बसेर आइतबार डिस्चार्ज भएका छन् । उनले आइसोलेसनमा बस्दा गाउँपालिकालाई नमूना बनाउनेगरी योजना तयार गरेको सुनाए ।
२ पटकसम्म परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि पोखरेललाई डिस्चार्ज गरिएको हो । पोखरेलले आइसोलेसनमा बस्दा तुल्सीका पत्ता, कागती, पुदिना लगायत औषधीजन्य वनस्पति र जतिबुटी र तातोपानी सेवन गरेको जानकारी दिए ।





