बाजुराको क्वारेन्टीनमा वृद्धको मृत्यु

बाजुराको क्वारेन्टीनमा रहेका एक वृद्धको मृत्यु भएको छ । जेठ 16 गते भारतबाट खप्तड छेडेदह गाउँपालिका आइपुगेका उनी सोही गाउँपालिकाको वडा नम्बर ७ मा रहेको क्वारेन्टीनमा बसेका थिए ।

६५ वर्षीय ती वृद्धको शनिबार बिहान मृत्यु भएको गाउँपालिकाका प्रमुख नरबहादुर रावतले बताए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भएको छ ।