गण्डकी सेरोफेरो

सहिद परिवारको उपचार सित्तैमा गर्न कास्की कांग्रेसको माग

नेपाली कांग्रेस कास्कीको पहिलो बैठकले ३ वटा निर्णण गरेको छ । बिहीबार बसेको बैठकले द्वन्द्वकालमा सहिद भएका परिवारका सदस्य एवं सम्पूर्ण घाइतेको निशुल्क उपचारका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हो । द्वन्द्वकालमा नेपाली कांग्रेसबाट सहिद भएका परिवारका सदस्य साथै घाइते र अपांग भएकालाई निशुल्क उपचार गर्न प्रदेश सरकारसँग माग गर्न निर्णय गरेको कांग्रेस कास्की सचिव भानुभक्त ढकालले जानकारी दिए । द्वन्द्वकालमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेशबाट मिजुरेडाँडाका रतनसिंह गुरुङ,… पुरा पढौ

पिसिआर रिपोर्ट वा पूर्ण खोपबिना मुस्ताङ जान नपाइने

कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।… पुरा पढौ

पोखरामा अन्नपूर्ण केबलकारको परीक्षण सञ्चालन

पोखरा, १५ मंसिर/ पोखरामा निमार्ण भएको अन्नपूर्ण केबलकार परीक्षण सञ्चालनमा आएको छ । पोखरा–१८ सेदीबाट सराङ्गकोट जाने गरी निर्माण गरिएको केबलकारको बुधबारदेखी परीक्षण सञ्चालनमा आएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एंवम निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण गरिएको त्रिपाठीले बताए । केबलकारमा जडान भएका गोन्डला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट आएको ७ सदस्यीय प्राविधिक टोलीले परीक्षण सञ्चालनमा ल्याएको… पुरा पढौ

कास्की कांग्रेस कास्कीमा को को चुनिए ?

नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको उपसभापति पदमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा कुँवरले ७२१ र भण्डारीले ६८५ मत प्राप्त गरेका हुन् । २ सचिव पदका लागि भानुभक्त ढकाल र देवेन्द्र भाट विजयी भए । नौजनाको उम्मेदवारी परेको सो पदमा ढकाल र भाटले क्रमशः ६८३ र ६८० मत प्राप्त गरे । निर्वाचनबाट सहसचिवमा नवीन सिग्देल र शङ्कर… पुरा पढौ

नाडाको अध्यक्षका प्रत्यासी ध्रुव थापा समूहको पोखरामा अन्तरक्रिया

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी मंसिर २३ र २४ गते हुन गइरहेको ४५ औँ साधारण सभा तथा अधिबेशनमा स्थापित अटो ब्यवसायी ध्रुब थापाले नाडाको अध्यक्षमा उमेद्वारी दिने भएका छन । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी अध्यक्षका प्रत्यासी ध्रुव थापा समूहको उमेद्वारहरुको पोखरामा अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत सम्पन्न भएको छ । अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ हुन गइरहेको नाडाको आगामी निर्वाचनमा… पुरा पढौ

अनुभूतिका रङका साथ आए अल्पविराम

साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शनिबार एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरे । आख्यानको एक महत्वपूर्ण विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै उनले मुुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेको बताए । उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उनको भनाइ… पुरा पढौ

पौडेल पक्षलाई कास्कीमा धक्का, सभापतिमा बराल

नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी भएका छन् । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलको पकड रहेको कास्कीमा सभापति शेरबहादुर देउवा पक्षधर सभापति चुनिएका छन् । शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार पुनः नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा… पुरा पढौ

माओवादी मादीमा सर्वसम्मत, अरु पालिकामा ढिलाइ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरे पनि अधिकांश पालिकामा नेतृत्व चयन गर्न सकेन । पोखरा महानगरपालिका र मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अधिवशेन गरिए पनि मादीमा बाहेक अन्य पालिकामा नेतृत्वका आकाङ्क्षीका बीचमा सहमति नजुट्दा नेतृत्व चयन हुन नसकेको हो । मादी गाउँपालिकाको दोस्रो अधिवेशनबाट तोरण गुरुङको अध्यक्षतामा सर्वसम्मत पालिका कमिटी चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । कमिटीको उपाध्यक्षहरूमा नन्दश्री गुरुङ,… पुरा पढौ

दमौलीमा युआरएलको शिविर, ३ सयको सित्तैमा जाँच

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको छ । पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएले शनिबार तनहुँको दमौलीमा निशुल्क स्वास्थ्य शिविर आयोजना ग¥यो ।शिविरमा ३ सय ७ जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. नरेश पराजुलीले मधुमेह र टिजी हुनुका कारण र यी समस्या भएपछि अपनाउनुपर्ने सावधानी र परिवर्तन गर्नुपर्ने… पुरा पढौ

को बन्ला कास्की कांग्रेस सभापति ?

नेपाली कांग्रेस कास्की सभापतिका लागि शनिबार दोस्रो चरणको मतदान भएको छ । अध्यक्षका ५ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत भन्दा धेरै मत नल्याएपछि फेरि चुनाव भएको हो । कांग्रेसमा सभापति बन्न ५० प्रतिशत भन्दा धेरै मत ल्याउनै पर्छ । शनिबारको चुनावमा १९२६ मत खसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिएका किशोरदत्त बराल र नेता रामचन्द्र पौडेल निकट मानिएका सुदीपमोहन भट्टराईबीच प्रतिश्पर्धा हुँदै छ । अहिले साँझ ७ बजेबाट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं