गण्डकी सेरोफेरो

सुजन पुन बने आर्चरी च्याम्पियन

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनी म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले नगद २५ हजार पुरस्कार प्राप्त गर्दा उमेशले भने नगद २० हजारमा चित्त बुझाए । पुन पहिलो दिनको ¥याङकिङ राउन्डमा २७७ अंक हान्दै नकाउट चरण प्रवेश गरेका थिए । नकाउट चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै अन्ततः च्याम्पियन बन्न सफल भए । कास्की… पुरा पढौ

मर्दि हिमालमा समर स्की महोत्सव हुने

पछिल्लो समय लोकप्रिय गन्तव्यको रुपमा विकसित हुँदै गईरहेको मर्दि हिमालमा समर स्की महोत्सव हुने भएको छ । दीगो हिमालयन कोष नामक सँस्थाको आयोजनामा मर्दि हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो । आयोजक सँस्थाका सदस्य प्रभात अधिकारीका अनुसार यही फेब्रुवरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म स्की महोत्सव गर्न लागिएको हो ।नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अधिकारीले बताए । यो महोत्सवलाई ग्रेट हिमालयन… पुरा पढौ

हुम्लीलाई पोखरेलीको न्यानो

भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका ७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ । ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २ सय ५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जंगसुर शाहीले जानकारी दिए । विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता तथा… पुरा पढौ

गुप्तेश्वर महादेव क्याम्पसको साधारणसभा

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ छोरेपाटनको १२ औं साधारण सभा शनिबार भएको छ । पर्यटकीय स्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट संकलित रकमले स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पसका बिभिन्न संकायमा ७ सय ७२ विद्यार्थी छन् । तीमध्ये ५ सय ७ छात्रा छन् । गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा करिब ६ करोड लागतमा ३ तला नवनिर्मित भवनमा पठनपाठन सुरु गरेको क्याम्पस प्रमुख धर्मराज… पुरा पढौ

मनबहादुर एमाले कास्की कार्यवाहक अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष मनबहादुर गुरुङलाई दिइएको छ ।एमाले कास्की अध्यक्ष कृष्ण थापा नेकपा (एमाले) को दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य निर्वाचित भएपछि उक्त पद खाली थियो । थापाले गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिदै पदास्थापना गराएका छन् । गुरुङले कास्कीलाई एक उच्च गतिमा लाने पार्टीको काम, जनसेवामा गुनासो नआउने गरी काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । कार्यक्रममा नेकपा(एमाले)का केन्द्रिय कमिटीका सदस्य एवं कास्कीका इन्चार्ज भीम… पुरा पढौ

पोखरा ८ मा ५ तले वडा कार्यालय

पोखरा महानगरपालिका ८ स्थित न्यूरोडमा वडा कार्यालय भवन निर्माण गरिने भएको छ । महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले सो भवन बुधबार शिलान्यास गर्दै महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा दिएको बताइन् । कूल चौध आना जग्गामा भूमिगत पार्किङ, लिप्mटसहित ६ आनामा पाँच तल्ले सुविधा सम्पन्न कार्यालय र बाँकी जग्गामा बगैँचा अन्य आवश्यक संरचना निर्माण हुने सो भवनको लागत रु दुई करोड ९७ लाख रहेको इञ्जिनीयर नरेन्द्र बस्यालले जानकारी दिए । नगरपालिकाका ३३… पुरा पढौ

शनिबार मनाङले होम ग्राउण्डमा पुलिससँग खेल्ने

मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा नयाँ होईन् । पोखराको मैदानमा दुवैको इतिहास गर्विलो छ । मोफसलमा आयोजित नकाउट फुटबलमा गर्विलो इतिहास बनाएका दुवै टोली आगामी पुस ३ गते एकापसमा भिड्दै छन् । दुवैको भेट कतार एयरेवज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने छ । मनाङमस्र्याङ्दीको होम ग्राउण्ड हो पोखरा रंगशाला फुटबल मैदान । त्यही होम ग्राउण्डमा मनाङले पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्दै छ । २०४० सालमा… पुरा पढौ

माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुसुम) चयन भएकी छन् । दुई दिनदेखि पोखरामा जारी अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन् ।  प्रदेश समितिको मङ्सिर २५ गतेदेखी पोखरामा सुरु भएर आज विहान सम्पन्न प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो । शनिबार आकांक्षीहरू धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट… पुरा पढौ

खगराज बने एमाले संगठन विभाग प्रमुख

नेकपा (एमाले) को संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त भएका छन् । यसअघि स्वास्थ्य, गृहलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका अधिकारीलाई आइतबारको केन्द्रीय कमिटी बैठकले संगठन विभाग प्रमुख नियुक्त गरेको हो । उनी हालै भएको एमाले महाधिवेशनमा सचिवका आकांक्षी थिए । कास्की क्षेत्र नं. ९ बाट संघीय सांसद निर्वाचित उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् । पुरा पढौ

जोमसोम–कोरलाको ६ खण्ड सकियो, चराङ–छोसेर अलपत्र

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३÷७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । आयोजनाका प्रमुख जगत् प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको बताए । “जोमसोम–कोरला खण्डको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं