बागलुङ नगरपालिका ५, मालिका निवासी धनपद सापकोटाको परिवारले मानव सेवा आश्रम बाग्लुङको अक्षयकोषमा ३० हजार रुपैयाँ सहयोग गरेको छ ।
धनपद सापकोटाकी श्रीमती कृष्णकलि सापकोटाको ११ औं मासिक पुण्यतिथिका दिन छोराहरू फुलप्रसाद सापकोटा, रुद्र सापकोटा र ओम सापकोटाले आमाको बैकुण्ठवासको कामना गर्दै आश्रममा सहयोग गरेका हुन ।
बुहारिहरु सीता सापकोटा, तुलसि सापकोटा र रमा सापकोटाले आश्रममा रहेका ५० जना असहायको लागि भोजन गराएका छन् ।
आश्रममा जम्मा गरिएको रकमको ब्याजबाट प्रत्येक बर्ष स्व। सापकोटाको सम्झनामा आश्रममा रहेका असहायलाइ भोजन गराइनेछ ।
कार्यक्रममा समाजसेवी जित सेरचन, आश्रमकी संचालिका मिना खड्का, बलराम सापकोटा, चण्डीप्रसाद शर्मा, भिमबहादुर केसि, सन्तोष जिसि, अर्जुन कंडेल लगायत उपस्थित थिए ।
सो अवसरमा बाग्लुङ नगरपालिका ५ मालिका निवासी बलराम सापकोटाले पनि आश्रमलाई ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।




