गण्डकी सेरोफेरो

बहालवाला सांसदलाई हराउँदै स्याङ्जा अध्यक्षमा पूर्वमाओवादी गैरे निर्वाचित

नेकपा एमाले स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे ‘पारस’ निर्वाचित भएका छन् । अर्का उम्मेदवार नारायण मरासिनीलाई १८३ मतले पछि पार्दै गैरे निर्वाचित भएका हुन् । उनी पूर्वमाओवादी हुन् । अध्यक्षमा पराजित मरासिनि स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी सांसद हुन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा गैरेले ४४० मत पाए भने उनका प्रतिस्पर्धी मरासीनीले २५७ मत पाएका थिए । अध्यक्षमा विजयी भएका नेता गैरेलाई नेकपा एमालेकी केन्द्रीय सचिव पद्यमा अर्यालको… पुरा पढौ

पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

पोखरा उपत्यकामा आजदेखि जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलीसम्म जारी रहनेछ । प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्ता देखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय,… पुरा पढौ

पोखरा महोत्सवको तयारी सकियो, स्वास्थ्य मापदण्ड पालना गरिने

पोखरा महोत्सवको तयारी पूरा भएको छ । युनाइटेड क्लबको आयोजनामा पुस २८ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने ११ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्लबका अध्यक्ष तथा महोत्सव मुल आयोजक समारोह समिति संयोजक राजु श्रेष्ठले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरी महोत्सव सञ्चालन गरिने बताए । उनले महोत्सवमा अनिवार्य मास्क र… पुरा पढौ

सिंगानामा ६ दिवसिय श्रीपञ्चमी मेलाको तयारी

बागलुङ नगरपालिका-८ सिंगानामा श्रीपञ्चमी मेला संचालन गरिने भएको छ। लामिचौर सामुदायिक बिकास केन्द्रको आयोजनामा आगामी माघ १८ देखि २३ गतेसम्म मेला संचालन हुनेछ। बिबिध प्रतियोगिताहरु,ज्ञानबर्धक, मनोरञ्जनात्मक एवं जनचेतना मुलक कार्यक्रम सहित लामिचौरमा मेला गरिने आयोजक संस्थाका सचिब सुदिप परियारले जानकारी दिनु भयो। मेलामा खुल्ला साविक वार्डस्तरीय पुरुष भलिबल प्रतियोगिता ,छेलो प्रतियोगिता , मा.बि स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता समाबेस गरिएको छ। यसै गरी भलिबलको प्रथम पुरस्कार नगद… पुरा पढौ

सुजन पुन बने आर्चरी च्याम्पियन

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनी म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले नगद २५ हजार पुरस्कार प्राप्त गर्दा उमेशले भने नगद २० हजारमा चित्त बुझाए । पुन पहिलो दिनको ¥याङकिङ राउन्डमा २७७ अंक हान्दै नकाउट चरण प्रवेश गरेका थिए । नकाउट चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै अन्ततः च्याम्पियन बन्न सफल भए । कास्की… पुरा पढौ

मर्दि हिमालमा समर स्की महोत्सव हुने

पछिल्लो समय लोकप्रिय गन्तव्यको रुपमा विकसित हुँदै गईरहेको मर्दि हिमालमा समर स्की महोत्सव हुने भएको छ । दीगो हिमालयन कोष नामक सँस्थाको आयोजनामा मर्दि हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो । आयोजक सँस्थाका सदस्य प्रभात अधिकारीका अनुसार यही फेब्रुवरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म स्की महोत्सव गर्न लागिएको हो ।नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अधिकारीले बताए । यो महोत्सवलाई ग्रेट हिमालयन… पुरा पढौ

हुम्लीलाई पोखरेलीको न्यानो

भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका ७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ । ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २ सय ५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जंगसुर शाहीले जानकारी दिए । विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता तथा… पुरा पढौ

गुप्तेश्वर महादेव क्याम्पसको साधारणसभा

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ छोरेपाटनको १२ औं साधारण सभा शनिबार भएको छ । पर्यटकीय स्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट संकलित रकमले स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पसका बिभिन्न संकायमा ७ सय ७२ विद्यार्थी छन् । तीमध्ये ५ सय ७ छात्रा छन् । गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा करिब ६ करोड लागतमा ३ तला नवनिर्मित भवनमा पठनपाठन सुरु गरेको क्याम्पस प्रमुख धर्मराज… पुरा पढौ

मनबहादुर एमाले कास्की कार्यवाहक अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष मनबहादुर गुरुङलाई दिइएको छ ।एमाले कास्की अध्यक्ष कृष्ण थापा नेकपा (एमाले) को दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य निर्वाचित भएपछि उक्त पद खाली थियो । थापाले गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिदै पदास्थापना गराएका छन् । गुरुङले कास्कीलाई एक उच्च गतिमा लाने पार्टीको काम, जनसेवामा गुनासो नआउने गरी काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । कार्यक्रममा नेकपा(एमाले)का केन्द्रिय कमिटीका सदस्य एवं कास्कीका इन्चार्ज भीम… पुरा पढौ

पोखरा ८ मा ५ तले वडा कार्यालय

पोखरा महानगरपालिका ८ स्थित न्यूरोडमा वडा कार्यालय भवन निर्माण गरिने भएको छ । महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले सो भवन बुधबार शिलान्यास गर्दै महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा दिएको बताइन् । कूल चौध आना जग्गामा भूमिगत पार्किङ, लिप्mटसहित ६ आनामा पाँच तल्ले सुविधा सम्पन्न कार्यालय र बाँकी जग्गामा बगैँचा अन्य आवश्यक संरचना निर्माण हुने सो भवनको लागत रु दुई करोड ९७ लाख रहेको इञ्जिनीयर नरेन्द्र बस्यालले जानकारी दिए । नगरपालिकाका ३३… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं