मनबहादुर एमाले कास्की कार्यवाहक अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष मनबहादुर गुरुङलाई दिइएको छ ।
एमाले कास्की अध्यक्ष कृष्ण थापा नेकपा (एमाले) को दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य निर्वाचित भएपछि उक्त पद खाली थियो । थापाले गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिदै पदास्थापना गराएका छन् ।

गुरुङले कास्कीलाई एक उच्च गतिमा लाने पार्टीको काम, जनसेवामा गुनासो नआउने गरी काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । कार्यक्रममा नेकपा(एमाले)का केन्द्रिय कमिटीका सदस्य एवं कास्कीका इन्चार्ज भीम कार्की, केन्द्रिय कमिटीका सदस्य एवं सह–इन्चार्ज कृष्ण थापा, वालसिंह काउछा केन्द्रिय अनुशासन आयोगका सचिव प्रा.डा भरत पहारी, नेकपा(एमाले ) गण्डकी प्रदेश कमिटी सदस्री वृहस्पति सापकोटा, शिवबहादुर बराल, माधव बास्तोला लगायत अन्य नेता, कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रम संचालन कमिटीका सचिव दामोदर बैरागीले गरेका थिए ।