पोखरा महोत्सवको तयारी पूरा भएको छ । युनाइटेड क्लबको आयोजनामा पुस २८ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने ११ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
क्लबका अध्यक्ष तथा महोत्सव मुल आयोजक समारोह समिति संयोजक राजु श्रेष्ठले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरी महोत्सव सञ्चालन गरिने बताए । उनले महोत्सवमा अनिवार्य मास्क र पर्याप्त मात्रामा सेनिटाइजरको व्यवस्थासँगै थर्मल गनबाट ज्वरो जाँच गरिने भएकाले ढुक्क भएर महोत्सवमा सहभागी हुन आग्रह गरे ।
उनले दर्शकलाई महोत्सवमा भौतिक दूरी कायम गराइने जानकारी दिए । महोत्सवमा आउने दर्शकले लाइन प्रभु एपबाट टिकट काट्न सक्ने व्यवस्था गयिरएको छ । महोत्सव प्रवेशद्वारमा पैसा हालेर टिकट लिने मेसिनसमेत राखिने भएकाले टिकट काउन्टरमा नहुने आयोजकको भनाइ छ ।
महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, ख्यातिप्राप्त लोकदोहोरी कलाकारका प्रस्तुतिसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्डहरुको लाइभ कन्सर्ट हुने महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए । लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, प्रिती आले, प्रकाश सपुत, राजु गुरुङ, रामजी खाँड, पशुपति शर्मा, बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, प्रजापति पराजुली, जीवन दाहाल, चोलेन्द्र पौडेल लगातका कलाकार छन् ।
साँझको पप तथा लाइभ कन्सर्टतर्फ भिटेन, मेलिना राई, दिनेश ढकाल, छेवाङ लामा, सविन राइ एन्ड फारोह ब्यान्ड, अभय एन्ड स्टिम इन्जिन्स, झिल्के एन्ड द कम्पनी, एएसएम, लेकाली ब्यान्ड तथा लोकल ब्यान्डहरुको प्रस्तुति रहने प्रचारप्रसार संयोजक थापाले बताए ।
महोत्सवमा अपांग, वृद्धवृद्धा, एकल महिला, पत्रकार, सुरक्षाकर्मी(पोशाक अनिवार्य) लाई सित्तैमा प्रवेश दिइनेछ । पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टललाई विशेष छुट दिइएको आयोजकले जनाएको छ ।
महोत्सवमा २ सय ४७ वटा स्टल रहने छन् भने २ लाख ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभूषाको संरक्षणमा टेवा पु¥याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर पु¥याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारणसमक्ष पु¥याउने, गण्डकी प्रदेशका पर्यटकीय स्थानका बारेमा जानकारी दिने आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी तथा झाँकी प्रदर्शनी, औधोगिक उत्पादन प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री गरिनेछ । सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यवसायिक संघ, संस्थाका सेवाबारे जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलको जानकारी, चिडियाखानाको स्मारक प्रदर्शनी, सामाजिक संस्थाहरुको परिचय, नेपाली संस्कृति झल्किने नृत्य लगायतका गतिविधि हुने छन् ।
महोत्सवमा सुरक्षाको उचित प्रबन्ध, शौचालयको उचित व्यवस्था, फ्री वाइफाइको ब्यवस्था, अग्नि, चट्या∙, भुकम्प, हुरीबतास, हुलद∙ा बिमा को व्यवस्था, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको व्यवस्था, पार्कि∙को उचित व्यवस्था गरिएको छ । क्लवका महासचिव शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने पत्रकार महासंघ कास्कीका सचिव माधव वराल लगायतले महोत्सव सफलताको कामना गरेका थिए ।
महोत्सवको मुख्य प्रयोजक बेटर होम एपलाइन्सेस, प्रयोजकहरुमा योकोहामा जापानिज ल्याङग्वेज ट्रेनिङ कन्सल्टेन्सी, स्काइलिंक टेक्नोलोजी, रारा तयारी चाउचाउ, जानकी एग्रो प्रोडक्ट, विषेश सहयोगी संस्थामा पोखरा महानगरपालिका, सहयोगी संस्थामा अमरसिंह मा.वि., मिडिया पार्टनरमा एविसी टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज र समाधान राष्ट्रिय दैनिक, अफिसियल बंैकमा ग्रीन डेभलपमेन्ट बैंक, प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, अफिसियल इन्टरनेटमा वल्र्डलिंक, अफिसियल हस्पिटलमा मेडिप्लस ट्रमा सेन्टर रानीपौवा, अफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स छन् ।






