गण्डकी सेरोफेरो

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले भोलि बुधबार का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ। गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ, मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ। पुरा पढौ

बागलुङमा स्थानीय चुनावमा सहकार्यबारे सत्ता गठबन्धनमा छलफल

यहाँका सत्तारुढ गठबन्धन दलहरूले आसन्न स्थानीय तहको चुनावमा मिलेर जानका लागि छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताबीच चुनावी सहकार्यका लागि प्रारम्भिक कुराकानी भएको हो । गठबन्धनलाई वडा तहसम्म व्यवस्थित गर्ने, आपसी विश्वास र समझदारी विकास गर्दै चुनावसम्मै मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचनले बताए । “स्थानीय परिस्थिति र अनुकूलतामा गठबन्धनलाई… पुरा पढौ

गलकोटमा सहकारीको दूधलाई साढे २ रुपैयाँ अनुदान

बागलुङमा सहकारीमार्फत उत्पादनमा जोडिएका दुग्ध किसानले दूधमा प्रतिलिटर साढे दुई रुपैयाँ अनुदान पाउँदै आएका छन् । यसले गर्दा दुग्ध किसान उत्साहित भएका छन् । जिल्लामा सहकारीमार्फत जोडिएर बजारीकरण गर्दै आएका किसानलाई गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहनस्वरुप अनुदान दिन थालेको हो । आठ सहकारीमार्फत किसानलाई अनुदान दिइरहेको केन्द्रले जनाएको छ । अनुदान पाउनका लागि ती सहकारीले दैनिक २०० लिटर दूधको बजारीकरण… पुरा पढौ

फेवाताल जोगाउन संरक्षित जलाधार क्षेत्र एकीकृत कार्ययोजना

सङ्घीय सरकारले मङ्गलबार घोषणा गरेको फेवाताल संरक्षित जलाधार क्षेत्रमा पोखरा महानगरपालिकाका ६, २२, १७, १८, २२, २३ र २४ तथा अन्नपूर्ण गाउँपालिका १,२,३,४ वडा पर्ने भएका छन् । रामसार सूचीमा सूचीकृत १२३ वर्ग किलोमिटर क्षेत्रफलको सो क्षेत्रलाई मन्त्रिपरिषद्को निर्णयबाट संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय भएको हो । संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक पहल गर्न सर्वोच्च अदालतले विसं २०६८ चैत २० गते सङ्घीय सरकारलाई निर्देशनात्मक आदेश दिएकामा विसं २०७५ वैशाख… पुरा पढौ

पालिकाले बनायो लिफ्टसहितको प्रशासनिक भवन

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको प्रशासनिक भवनको निर्माण सकिएको छ । ठेक्का सम्पन्न गर्ने सम्झौता मितिअगाडि नै सुविधा सम्पन्न प्रशासनिक भवन बनेको ताराखोला गाउँपालिकाले जनाएको छ । ५ करोडको लागतमा निसान÷आचार्य÷वि.के जेबी निर्माण कम्पनीले ५ महिनाअगावै ताराखोला गाउँपालिकामा लिफ्ट सुविधासहित अपांगमैत्री प्रशासकीय भवन निर्माण गरेको हो । लिफ्टसहितको सुविधासम्पन्न सो भवन जिल्लाकै पहिलो प्रशासनिक भवन हो । नेपालमा संघीयता लागू भएपछि स्थानीय सरकारलाई प्रशासनिक कार्यका लागि सुविधासम्पन्न भवनको अभाव हुँदै आएको… पुरा पढौ

६० % बजेट प्रदेश र स्थानीय तहमा आउनुपर्छ: डा भट्टराई

गण्डकी प्रदेश सभाले शनिबार वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तक्र्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा रहेको गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पु¥याएको स्मरण गरे । उनले भने, ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिले पनि अब्बल रहनुपर्छ ।’ संघीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु जरुरी रहेको भन्दै उनले केन्द्रमुखी भावनाले… पुरा पढौ

आमाको स्मृतिमा सापकोटा परिवारद्वारा सहयोग

बागलुङ नगरपालिका ५, मालिका निवासी धनपद सापकोटाको परिवारले मानव सेवा आश्रम बाग्लुङको अक्षयकोषमा ३० हजार रुपैयाँ सहयोग गरेको छ । धनपद सापकोटाकी श्रीमती कृष्णकलि सापकोटाको ११ औं मासिक पुण्यतिथिका दिन छोराहरू फुलप्रसाद सापकोटा, रुद्र सापकोटा र ओम सापकोटाले आमाको बैकुण्ठवासको कामना गर्दै आश्रममा सहयोग गरेका हुन । बुहारिहरु सीता सापकोटा, तुलसि सापकोटा र रमा सापकोटाले आश्रममा रहेका ५० जना असहायको लागि भोजन गराएका छन् ।आश्रममा जम्मा गरिएको रकमको ब्याजबाट प्रत्येक… पुरा पढौ

बागलुङमा कोभिड कहर: ६९ जाँच गर्दा ५२ संक्रमित

पछिल्लो २४ घण्टामा बागलुङमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । ६९ जनामा गरिएको स्वाब परिक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोतव्यक्ति देवप्रकाश घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन् । जिल्लामा हालसम्म पिसिआर र एन्टिजेन गरी कुल २८ हजार ५ सय १ जनामा गरिएको परिक्षणबाट ८ हजार १ सय… पुरा पढौ

पालिकाले दियो दूध किसानलाई अनुदान

कास्कीको माछापुच्छ«े गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा दूधमा प्रतिलिटर ५० पैसा अनुदान दिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषकसम्म सरकारको सहयोग पुग्ने भएकाले सो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा २५ लाख लिटर दूधमा अनुदान दिनका लागि १२ लाख ५० हजार विनियोजन गरेको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । गाउँपालिकाभित्र रहेका ६ दुग्ध उत्पादक सहकारी संस्थामार्फत सो अनुदान सम्बन्धित कृषकसम्म… पुरा पढौ

गण्डकीमा आधा संक्रमित कस्केली

गण्डकी प्रदेशमा कोरोना संक्रमणको ग्राफ उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा कास्कीका ३४७ र गण्डकी प्रदेशमा ६२३ मा संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा १२३१ को कोभिड जाँच गरिएको थियो । देशभरपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । २८ वैशाख २०७८ मा ९ हजार ४८३… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं