प्रजातन्त्र दिवसमा नव आदर्शको रक्तदान

नव आदर्श सामुदायिक विकास संस्थाको खुला रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । हरेक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संस्थाले खुला रक्तदान गर्दै आएको छ ।

७२ औं प्रजातन्त्र दिवसका दिन संस्थाले २२ औं रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् । संस्थाका पूर्व सल्लाहकारसमेत रहेका आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले पहिलो रक्तदाता एवं संस्थाका पूर्व अध्यक्ष वुद्धिबहादुर खत्री क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान सुरुआत गरे ।

क्षेत्रीले संस्थाको कार्यक्रममा १८ औं पटकको रक्तदान गरिसकेका छन् भने पूर्व अध्यक्ष नवीन अधिकारीले संस्थामा २१ पटक रक्तदान गरेका छन् । २०५४ भदौ ८ गते पोखराको लामाचौरमा स्थापना भएको नव आदर्शले स्वास्थ्य, शिक्षा, सुरक्षा देखि संस्कृतिको जगेर्नामा क्रियाशील रहँदै आएको छ ।

कार्यक्रममा सहआयोजकमा युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङ स्कुल, जुनियर रेडक्रस सर्कल इन्द्र राज्य लक्ष्मी मावि लामाचौर र एलसी ब्रदर्स र ह्याप्पी क्लब पश्चिमाञ्चल क्याम्पस थिए ।

संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव थीरबहादुर थापा, आकस्मिक सेवा उपसमितिका संयोजक राजु सुनार, शिक्षासेवी सुरेन्द्र मानसिंह भण्डारी लगायतले बोलेका थिए ।