राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको शुक्रबार भएको प्रथम सम्मेलनले शंकर बरालको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको छ ।
पोखरा २२ का बासिन्दा बराल यसअघि पनि प्रदेश अध्यक्ष नै थिए । उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिव वेदीलाल सापकोटा, सहिसचिव खीमविक्रम शाही र कोषाध्यक्ष रविमोहन ढकाल निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा अमर थापा, गौरीश्वर पाण्डे, पियारी थापा, राजेन्द्र ढुंगाना, दीपक पाण्डे, भागिरथ भट्टराई, दिलबहादुर दर्जी, लीलादेवी शर्मा, चन्द्र परियार, गोविन्द परियार, तीलक थापा, लक्ष्मी विक, छवि विक, लक्ष्मी बास्कोटा, कृष्ण सापकोटा, विकराम चौधरी, गोविन्द पौडेल र गणेश अधिकारी छन् ।
सम्मेलनले ७ सदस्यीय सचिवालय र ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।




