नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागलुङको तेस्रो अधिवेशनबाट प्रकाश छन्त्यालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
सस्थाको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा डम्बर बुढा, कोषाध्यक्षमा तिलक घर्ती र सहसचिवमा छलिता बुढा चयन भए । शनिबार भएको अधिवेशनमा शर्मिला रोका, लक्ष्मी अर्गेजा, देउमाया राना, सुरेश छन्त्याल सदस्यमा चयन भएको निर्वतमान अध्यक्ष सङ्गम घर्तीमगरले बताए ।
अधिवेशनबाटै संघीय महाधिवेशन प्रतिनिधिमा दिल शिरिष, राजेशचन्द्र राजभण्डारी, सङ्गम घर्ती, मनिष थापा र यामबहादुर थापा चयन भए । त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिमा लीला थापा, विजय राना, चक्रवीर थापा, प्रशान्त घर्तीमगर, सुरेश पुन र रोम थापा चुनिएका छन् ।
समारोहमा फोनिज गण्डकीका महासचिव रुद्र श्रीष मगरले पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै पत्रकारितामा पनि अब्बल बन्ने मञ्च तयार पार्नका लागि फोनिज उपयोगी भएको धारणा राखे ।






