देवराज सहमहामन्त्रीका उम्मेदवार

पोखराका कांग्रेस नेता देवराज चालिसले सहमहामन्त्रीमा उमेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा १४औँ महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हुन् ।

उनी नेता शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीका उमेदवारी हुन् । चालिसेले यसअघि गण्डकी प्रदेश सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए ।

घोषणा गरे पनि उनले सभापतिमा उम्मेदवारी दिएनन् । उम्मेदवारीपछि उनले भनेका छन्, नेपाली कांग्रेसलाई व्यवस्थित र गतिशील वनाउने अठोटका साथ परिवर्तनका पक्षमा आफुलाई समर्पित गर्दै सभापतिका उम्मेदवार डा शेखर कोईरालाको टिमवाट सहमहामन्त्री ( खस आर्य ) पदमा उम्मेदवार वनेको छु।