नेकपा (एमाले) को संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त भएका छन् ।
यसअघि स्वास्थ्य, गृहलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका अधिकारीलाई आइतबारको केन्द्रीय कमिटी बैठकले संगठन विभाग प्रमुख नियुक्त गरेको हो । उनी हालै भएको एमाले महाधिवेशनमा सचिवका आकांक्षी थिए ।
कास्की क्षेत्र नं. ९ बाट संघीय सांसद निर्वाचित उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् ।




