लयमा आउँदै गरेको पर्यटन क्षेत्रलाई टेवा दिन पोखरामा पुस १५ गतेदेखि सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऊ, सडकमै रमाऊ’ भन्ने नाराका साथ हरेक वर्ष अंग्रेजी नयाँ वर्षमा महोत्सव हुँदै गाएको छ ।
लेकसाइडको ३ किलोमिटर सडकमा हुने यो महोत्सव १७ गतेसम्म चल्नेछ । २३ औँ संस्करणको पोखरा सडक महोत्सव हेल्थ प्रोटोकललाई ध्यान दिएर पोखरा खुलै छ भन्ने सन्देश दिन आयोजना गरिएको रेवान पोखरा अध्यक्ष लक्षुमन बरालले जानकारी दिए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुसा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुंगा दौड, ह्विलचियर दौड, वेटर रेस जस्ता कार्यक्रम हुने छन् । रात्रिकालीन बस सेवा व्यवस्था गरी महोत्सव आउनजान सहज बनाइने आयोजकले जनाएको छ ।
पोखरा सडक महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।






