फुर्सद

कसले लगाउँला मिस तामाङको ताज ?

बैदाम तामाङ समाज पोखराको आयोजनामा माघ १२ गते शनिबार हुने ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको तयारी अन्तिम चरणमा पुगेको छ । ‘भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न तथा अनन्तकालसम्म जीवन्त बनाइराख्न मिस तामाङ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं’ समाजका अध्यक्ष ज्याक तामाङले भने, ‘अघिल्ला संस्करणमा सहभागीले जाति, भाषा, संस्कार र संस्कृतिमा देखाएको चासो र जिम्मेवारीले उद्देश्यमा सफल भएका छौं भन्ने हामीले ठानेका छौं ।’… पुरा पढौ

पोखरा महोत्सवमा प्रकाश प्रिती घम्साघम्सी

पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधि लोकदोहोरी प्रतिष्ठान स्याङ्जाले हात पारेको छ । उपाधिसँगै स्याङ्जाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेश दोस्रो हँुदै नगद २५ हजारसहित प्रमाणपत्र प्राप्त ग¥यो । तृतीय भएको लोकदोहोरी प्रतिष्ठान गोरखाले नगद १५ हजासहित प्रमाण पत्र तथा सान्त्वना स्थानमा रहको लोकदोहोरी प्रतिष्ठान कास्कीले नगद ८ हजार र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा लोक दोहोरी… पुरा पढौ

डिभोर्सको एक महिना नपुग्दै रविले गरे निकितासँग ‘कोर्ट म्यारिज’

डिभोर्सको एक महिना बित्न नपाउँदै सञ्चारकर्मी रवी लामिछानेले अर्को विवाह गरेका छन् । पत्नी इशा लामिछानेसँग पुस २० गते डिभोर्स गरेका सञ्चारकर्मी लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग अदालती विवाह गरेका छन् । उनीहरूबीच सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह भएको हो । रवि र निकिता दुबै डिभोर्सी हुन् । रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए । निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको… पुरा पढौ

‘१०० कडा १०’ ले युवाको कथा भन्छ : मनोज

हाँस्य विधामार्फत रंगकर्मबाट कलाकारितामा प्रवेश गरेका मनोज गजुरेलले चलचित्र ‘१०० कडा १०’ ले पोखराको पर्यटन क्षेत्रको प्रर्वद्धनको प्रचारप्रसारमा थप टेवा पुर्‍याउने बताएका छन् । ‘कुनै पनि क्षेत्रमा कला मार्फत गरिएको प्रचारले बढी प्रभावकारिता पाउछ’, उनले भने, ‘१०० कडा १० मा पनि पोखराको मनोरम दृश्यको राम्रो प्रचार भएको छ ।’ चलचित्रमा युवाको कथा, प्रेमको कथालाई समेटिएको उनले बताए । देशको विकराल समस्याको रुपमा रहेको भष्टचारको विरोधमा उठाइएको आवाज १०० कडा १०… पुरा पढौ

साउथ इन्डिया र सुदुरपश्चिम स्वाद : रणवीर

नेपाली फिल्म ‘रणवीर’को टोली पोखरा आइपुगेको छ । माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म‘रणवीर’ यतिबेला प्रचारको दौडमा छ । पोखरा आईपुगेको फिल्मको युनिटले ‘रणवीर’ फिल्म दर्शकको लागि सम्पूर्ण प्याकेज भएको दाबी गरेको छ । ‘यो फिल्म हेर्दा दर्शकले पूरै मनोरञ्जन लिन सक्नुहुनेछ । र, हामीले दर्शकको सन्तुष्टिका लागि फिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर छाडेका छैनौँ, ’ फिल्म निर्देशक गोबिन्दसिंह भण्डारीले भने–‘हामी सबैलाई यो फिल्म हेर्नका लागि आह्वान गर्छौँ ।’… पुरा पढौ

चलचित्र ‘रे’को शुटिङ अन्तिम चरणमा

चलचित्र ‘रे’ को हाल छायांकन भइरहेको छ । चलचित्रमा सुनिल थापा, दिवस धिताल, सुजता थापा र क्रान्ति बराइली लिड रोलमा छन्  मंसिरदेखी फ्लोरमा गएको चलचित्रको छायाङ्कन अन्तिम चरणमा छ । चोभारमा फिल्मको एक एक्सन सिनको छायांकन भइरहेको निर्देशक दिनेश पौडेलले जानकारी दिएका छन् । सगुन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता राजेन्द्र त्रिपाठी हुन् । काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको… पुरा पढौ

प्रेम लीलाको ट्रेलर सार्वजनिक

 फिल्म ’प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रेम भित्रको अनेक लिला समेटिएको छ । अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खान बिचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नायिका खड्काको दुई रुप समेत देख्न सकिन्छ । एकातिर उनी प्रेममा… पुरा पढौ

चुनाव लड्दै करिना कपुर

भारतमा बलिउड र क्रिकेटको सम्बन्ध राजनितीसंग निकै नजिकको छ । कलाकार होस या खेलाडी राजनितीमा कुनै न कुनै रुपमा आवद्ध भएका देखिएका छन् । बलिउडका अधिकांश पुराना कलाकारहरु राजनितीमा छन् भने खेलाडीहरु पनि । कुरा गरौँ कलाकारहरुको । बलिउडमा आज यस्ता धेरै कलाकारहरु छन् जो राजनितीमा सक्रिय छन् भने कोही सांसददेखि मन्त्रीसमेत बनेका छन् । भारतमा छिट्टै आम चुनाव हुँदैछ । जहाँ भाजपादेखि लिएर कांग्रेससमेत बलिउड कलाकारहरुलाई आफनो पार्टीमा समाबेश… पुरा पढौ

करिनाले बिपाशालाई ‘कालो बिरालो’ भन्दै थप्पड लगाइन्

बलिउडमा अभिनेत्रीबीच झगडा हुनुलाई सामान्य मानिन्छ। तर यो झगडा जब हात हालाहालसम्म पुग्न भने त्यसलाई गम्भीर रुपमा नै लिनुपर्छ। एउटा यस्तै घटना आजभन्दा १८ वर्ष पहिला भएको थियो। फिल्म ‘अजनबी’ को सेटमा करिना कपुरले बिपासा बसुलाई एउटा सामान्य विषयमा थप्पड लगाएकी थिइन्। करिनाको उक्त हरकतले फिल्मको सेटमा उपस्थित सबै जना चकित भए। भारतीय संचारमाध्यमका अनुसार फिल्मको सेटमा करीना र बिपासाबीच कपडाको विषयमा झगडा भएको थियो। अवस्था  त्यतिबेला तनावपूर्ण भयो जतिबेला… पुरा पढौ

जनगायक जीवन शर्मा सम्मानित

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मा सम्मानित भएका छन् । आयोजक युनाइटेड क्लबले प्रत्येक वर्ष लोक संस्कृतिमार्फत समाजमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, महोत्सव मूल आयोजक समिति तथा क्लबका अध्यक्ष लालकाजी गुरुङ, प्रथम उपाध्यक्ष तथा महोत्सव सास्कृतिक व्यवस्थापन संयोजक राजु श्रेष्ठ, सचिवालय संयोजक लोकबहादुर थापा लगायतले शर्मालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे ।कार्यक्रममा गायक शर्माले आफ्नो प्रस्तुतिसमेत राखे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं