पौष ६ गते २०७५

ताजा समाचार

फुर्सद

तामाङ सुन्दरी माघमा छानिने

मिस तामाङ पोखराको चांैथो संस्करण माघ १२ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्छ । तामाङ समुदायका नारीको अन्तरनिहीत प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए । सहभागीहरुलाई तामाङ भाषा, संस्कृति र संस्कारका विषयमा पनि प्रशिक्षण दिइने भएकाले यो विशुद्ध सांस्कृतिक… पुरा पढौ

आज योमरी पूर्णिमा र उधौली

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्यस्थलमा बसोबास गर्ने पहाडी समुदायले कूलपूजा र गोठपूजा… पुरा पढौ

रवि ओड : म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म

ढुंगाको काँप फोरेर पनि उम्रन्छ पीपल सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन निष्फल यो चर्चित र यथार्थपरक कवितांश शुक्रबार १ युवामा लागू भयो । निम्न वर्गीय परिवारबाट कहाललाग्दो जीवन भोगेका १ युवाले लोभलाग्दो ताजमात्र पाएनन्, केही हदमा जीविका नै परिवर्तन हुन सक्ने रकम र व्यक्तित्व पनि बनाए । यस्ता धुरन्धर युवा हुन रवि ओड । रविले शुक्रबार साँझ भएको चर्चित गायन रियालिटी सो दोस्रो नेपाल आइडल उपाधि जितेका छन् । भारतमा… पुरा पढौ

जयगान : भूतको राज्यमा मान्छेको कथा !

पोखरेलीले शुक्रबार फरक स्वादको नाटक हेरे । चीसो दिनमा पोखरा उद्योग वाणिज्य संघको हलमा पुगेका रंगप्रेमीको मन नाटकको आरम्भमै थप चिसियो । अन्धकार रंगमञ्चमा कुनै भावभूमिका बिनै एकाएक राक्षसहरु पो देखिए । लास रोपेर, लास फुलाएर, फलाउने भूतमार्फत पछिल्लो समय भत्किँदै गएको मानवतामाथि कलाकारले कडोर व्यंग्य प्रस्तुत गरे । गत वर्ष गठन भएको ओथेलो नाटक समूहले यो नाटक मञ्चन गरेको हो । नाटक शनिबार पनि प्रदर्शन हुँदै छ । नाटकमा… पुरा पढौ

‘लिलिबिली’ का निर्माता शाही बर्खास्त

लिलिबिली फिल्मका निर्माता एवं बितरक गोविन्द शाहीलाई चलचित्र निर्माता संघले द्धितिय उपाध्यक्ष पदबाट बर्खास्त गरेको छ । संघका महासचिव रोज राणाले यस कुराको पुष्टी गर्दे उनलाई पदबाट बर्खास्त गरिएको बताए । शाहीले संघको विधि र विधान विपरित काम गरेको आरोप लगाईएको छ । केही समयदेखि कुटपिट लगायतका बिवादमा पनि पर्दे आएका शाही नियमित बैठकमा तीन पटक उपस्थित नभए विधानअनुसार बर्खास्त गरिएको हो । शाहको बर्खास्तीको बारेमा राणा भन्छन् “उहाँ संघको… पुरा पढौ

बिक्रम बरालको नेपाल आइडल सपना

‘दि भ्वाइस अफ नेपाल’ विजेता सिडी विजय अधिकारीले नेपालको अर्को गायन रियालिटी सो ‘नेपाल आइडल’ को दोस्रो संस्करणका अन्तिम प्रतिस्पर्धी पोखराका बिक्रम बराललाई जिताउन अपिल गरेका छन् । उनले पोखरामै आएर आफूलाई भोट गरी जिताउने प्रशंसकलाई धन्यवाद दिदैं नेपाल आइडलका प्रतिस्पर्धी बिक्रम बराललाई पनि जिताउन आग्रह गरेका हुन् । मंगलबार पोखरा आइपुगेका सिडीले बुधबार बिक्रम बराल जिताउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बिक्रमका लागि भोट मागेका हुन् । सिडीले… पुरा पढौ

लिटरेचर फेस्टिबलमा मनिषाको आत्मकथा आउने

बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पेनगुइनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने पनि सम्मेलनमा बताइयो । कार्यक्रममा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई पुस्तकमा समेटेको बताइन्… पुरा पढौ

मनिता देवकोटा मिस युनिभर्सको टप १० मा पुग्न सफल

नेपालकी मनिता देवकोटा मिस युनिभर्स २०१८ को टप १० मा पुगेकी छन्। नेपालको प्रतिनिधित्व गरिरहेकी देवकोटाले फडको मारेकी हुन । नेपालको प्रतिनिधित्व गरिरहेकी  देवकोटा थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन । अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।देवकोटा एसिया प्यासिफिक… पुरा पढौ

सेञ्चुरी ल्होसार मेलाको तयारी पुर्ण

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ छोम्रोङ स्थित सेञ्चुरी युवा क्लबले सञ्चालन गर्न गइरहेको १७औं सेञ्चुरी ल्होसार मेला २०७५ को तयारी पुरा भएको छ । पुस ५ देखि १० गतेसम्म तमु ल्होसारको अवसर पारी मेलाको आयोजना गर्न गइरहेको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए्का छन् । ‘व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण’ नाराका साथ २०५८ मा स्थापित क्लबले आफ्नो स्थापनादेखि… पुरा पढौ

राजको नयाँ गीत के भयो र तिमीलाई बजारमा

चर्चित गायक राज सिग्देलको गीत के भयो र बजारमा आएको छ । हाल अमेरीका बसोबास गर्ने देवेन्द्र क्षेत्रीको शब्द रहेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा अजुन पोख्रेलको संगीत संयोजन छ । म्युजिक भिडियोमा कलाकार मेलिसा खतिवडा, सुदीप पौडेल र पुरुषोतम भारतीले अभिनय गरेका छन् । भिडियो निर्देशन÷छायांकन सरोज अधिकारीले गरेका हुन् भने भीम विश्वकर्माले सम्पादन गरेको भिडियोमा सञ्जीव रत्न शाक्यले रङ संयोजन गरेका छन् । पुरा पढौ