कुनै समयकी चर्चित नायिका निरुता सिंहलाई यतिबेला लक नै लागेको छ ।
आफु समकालिन नायिकाहरु कमव्याक गर्न कठिन भईरहेको अवस्थामा निरुतालाई भने फिल्मको कमी भएको छैन ।
त्यसैले होला सायद निरुताले आफनो पारिश्रृमिकमा डिमाण्ड पनि चर्के राख्ने गरेकीछिन् । उनले फिल्ममा काम गर्नका लागि ५ लाख पारिश्रृमिक तोकेकीछिन् । जुन पारिश्रृमिक उनलाई फिल्ममा लिन चाहाने निर्माता निर्देशकहरुका लागि भने टाउको दुखाईको बिषय बनेको छ ।
बिकास राज आचार्यले नै उनलाई सानो रोलमा भए पनि नाई नभन्नू ल ५ मा कमव्याक गराए । सोही फिल्ममा देखिएपछि निरुतालाई अफरमाथि अफर आएको तर निरुताले बिकासको नयाँ फिल्म हजार जुनीसम्ममा ५ लाख डिमाण्ड गरेपछि बिकास हच्किए ।
बिकासलाई मात्र होईन निरुताले अन्य निर्माता निर्देशकहरुलाई पनि पारिश्रृमिक ५ लाख भन्दा तल झार्ने मुडमा छैनन् । कमव्याक गरिरहेको अवस्थामा निरुताले एक्कैचोटी ५ लाख डिमाण्ड गर्दा उनले धेरै फिल्महरु छाड्नु परिरहेको छ ।
यसबारेमा निरुता भन्छिन् “मैले मागेको ५ लाख फिल्मको पारिश्रमिकको कुरा मात्र थिएन ,केहि प्राविधिक कुराहरु पनि थिए। मेरो कामको कदर गर्नेलाई यति पारिश्रमिक ठिक लाग्छ होला। नगर्नेलाई बढी लाग्नु स्वाभाविक हो। मलाई जसले जुन हिसाबले सोच्नुहुन्छ पारिश्रमिकको बिषय पनि पनि त्यही हो ।”
कुनै समय निरुताले पारिश्रृमिक बढाउँदा पनि खुबै चर्चा भएको थियो पुराना दिनलाई पनि स्मरण गर्दे उनी भन्छिन् “मैले पहिले पारिश्रमिक बढाउदा पनि यसले चलचित्र नगरी छाड्छे, याहा टिक्दीन भन्थे। तर पनि मैले चलचित्रमा काम गरे। अब अहिले आएर मलाई यहाँ स्थापित हुनु छैन। मलाई चलचित्रमा लिनुपर्छ भन्ने पनि छैन। म कामको सम्मान गर्छु र कामको जसले कदर गर्छ उहाले मलाई दिनुभएको छ। नभए मलाई फिल्ममा लिनै पर्छ भन्ने केही छैन” ।
तर निरुताले डिमाण्ड गरेको पारिश्रृमिक अहिलेको हकमा भने चर्चित नायिकाहरुले पनि पाउँन गाह्रो छ । भर्खरैमात्र शत्रु गते सकेर भारत फर्किएकी निरुता अनमोल केसीको फिल्म क्याप्टेनको एक गीतका लागि नेपाल आएकीछिन् जसमा उनले भुवन केसीसंग स्क्रिन सेयर गर्देछिन् ।




