साउथ इन्डिया र सुदुरपश्चिम स्वाद : रणवीर

नेपाली फिल्म ‘रणवीर’को टोली पोखरा आइपुगेको छ । माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म‘रणवीर’ यतिबेला प्रचारको दौडमा छ ।

पोखरा आईपुगेको फिल्मको युनिटले ‘रणवीर’ फिल्म दर्शकको लागि सम्पूर्ण प्याकेज भएको दाबी गरेको छ । ‘यो फिल्म हेर्दा दर्शकले पूरै मनोरञ्जन लिन सक्नुहुनेछ । र, हामीले दर्शकको सन्तुष्टिका लागि फिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर छाडेका छैनौँ, ’ फिल्म निर्देशक गोबिन्दसिंह भण्डारीले भने–‘हामी सबैलाई यो फिल्म हेर्नका लागि आह्वान गर्छौँ ।’

फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यो फिल्म ‘साउथ इन्डियन’ शैलीमा बनेको भनेर चर्चा गरिएको छ । यद्यपि फिल्मका निर्देशकले भने यो फिल्ममा नेपालको सुदुरपश्चिम भेगको कथालाई समेटिएको बताउँछन् । ‘वास्तवमा भन्ने हो भने मैले थुप्रै साउथ इन्डियन फिल्महरुमा सहायक निर्देशकभएर काम गरिसकेको छु । र, त्यही स्कुलिङबाट आएकोले फिल्म सोहि शैलीमा बनाएको हुँ ।’ उनले भने–‘फिल्मको यो शैलीलाई नेपाली दर्शकले रुचाएको पनि पाएको छु । आशा छ रणवीरलाई पनि रुचाईदिनुहुनेछ ।’

फिल्ममा सुशिल सिटौला मुख्य भूमिकामा देखिएका छन् । उनीसँगै शुभेच्छा खड्का र सुपुष्पा भट्ट यो फिल्मका मुख्य कलाकार हुन् । फिल्ममा प्रशान्त ताम्राकार सुशिलको अपोजिटमा देखिएका छन् । प्रशान्त र सुशिलबीचको भिडन्त दर्शकको लागिगज्जबको मनोरञ्जन हुने यो फिल्मको निर्माण यूनिटको विश्वास छ ।

शनिबार पोखरामाभएको विशेष पत्रकार भेटघाटको क्रममाअभिनेता सुशिल सिटौलाले फिल्मका लागि आफूले खुब मेहेनत गरेको बताए । ‘मलाई फुलफेजमा एउटा हिरोको रुपमा यो फिल्ममा देखाईएको छ । यो मेरो करिअरको लागि सबैभन्दा महत्वपूर्ण अवसर हो । दर्शकलाई निराश हुनदिने छैन,’ अभिनेता सुशिलले भने ।

त्यस्तै अभिनेत्रीद्वय सुभेच्छा र सुपुष्पाले पनिफिल्म हेरिदिनदर्शकहरुसँग आग्रह गरे । आफूहरु दुवैको लागि यो फिल्म डेब्यू हुनुका साथै विशेष भएको उनीहरुको तर्क थियो । दर्शकलाई मनोरञ्जन दिनकालागिफिल्मउत्कृष्ट भएको उनीहरुले बताए ।

पत्रकार सम्मेलनमाफिल्मकानिर्माताद्वयदीपेन्द्र रेग्मीर गोमा विष्ट थापाले नेपालीफिल्मको स्तरोन्नतीकालागिआफूहरु आएकोले दर्शकको साथ र मायाको आवश्यकताभएको बताए । फिल्मको ट्रेलरसँगै ‘तिरिमिरी तिरिमिरी तीनतारा’बोलको गीत यतिबेला चर्चामा छ ।