डिभोर्सको एक महिना नपुग्दै रविले गरे निकितासँग ‘कोर्ट म्यारिज’

डिभोर्सको एक महिना बित्न नपाउँदै सञ्चारकर्मी रवी लामिछानेले अर्को विवाह गरेका छन् ।

पत्नी इशा लामिछानेसँग पुस २० गते डिभोर्स गरेका सञ्चारकर्मी लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग अदालती विवाह गरेका छन् । उनीहरूबीच सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह भएको हो ।

रवि र निकिता दुबै डिभोर्सी हुन् । रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए । निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो ।

रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा चर्चामा आएका थिए । यसअघि पनि उनीहरु एकै ठाउँ बस्दै आएका थिए ।