गुरुङ सुन्दरी छानिँदै

नाल्मा तमु समाज काठमाडौं र नाल्मा तमु सेवा समिति पोखराको आयोजनामा तेस्रो मिसेस गुरुङ नेपालकोे छनोट कार्यक्रम सुरुआत भएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका महासचिव पवी गुरुङ प्रबन्ध निर्देशक र दोस्रो मिसेस गुरुङ नेपालका विजेता निशा गुरुङको संयोजनमा पोखरामा मिसेस गुरुङ हुन लागेको हो । गुरुङ भाषा, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले गर्न लागेको प्रतियोगितामा गुरुङ समुदायका विवाहित महिलाले कला र प्रतिभा प्रदर्शन गर्ने प्रबन्ध निर्देशक पवी गुरुङले जानकारी दिइन् ।

उनले प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने बताइन् । प्रतियोगिताका संयोजक निशा गुरुङले काठमाडांै, चितवन, बुटवल, पोखरा लगायत ठाउँमा अडिसन गर्ने बताइन् । उनले मिसेस गुरुङमा १८ वर्ष माथिका विवाहित महिलाहरुले मात्र प्रतिस्पर्धा गर्ने जानकारी दिइन् । प्रतियोगिताको लागि छनौट हुने सुन्दरीलाई १ महिनाको नेतृत्व ,व्यक्तित्व र आत्मविश्वासको लागि तालिम दिइने बताइन् ।

कार्यक्रममा हिरो होन्डा स्वरुम नयाँबजार शाखाका प्रमुख दीपक नेपाली, नाल्मा तमु सेवा समिति पोखराका कोषाध्यक्ष धनबहादुर गुरुङ, राष्ट्रिय सौन्दर्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष सुमन गुरुङ, प्रतियोगिताका सहसंयोजक ममता गुरुङ लगायतले बोलेका थिए ।