पोखरा महोत्सवमा प्रकाश प्रिती घम्साघम्सी

- लोकदोहोरी प्रतियोगिताको उपाधि स्याङ्जालाई

पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधि लोकदोहोरी प्रतिष्ठान स्याङ्जाले हात पारेको छ । उपाधिसँगै स्याङ्जाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।

लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेश दोस्रो हँुदै नगद २५ हजारसहित प्रमाणपत्र प्राप्त ग¥यो । तृतीय भएको लोकदोहोरी प्रतिष्ठान गोरखाले नगद १५ हजासहित प्रमाण पत्र तथा सान्त्वना स्थानमा रहको लोकदोहोरी प्रतिष्ठान कास्कीले नगद ८ हजार र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा लोक दोहोरी गायक चन्द्रा शर्मा, तारापति सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना र प्रेमराज अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
अमरसिंह चौरमा जारी पोखरा महोत्सवको ११आंै दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुत र प्रिती आलेको ब्याटल दोहोरीले महोत्सवमा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन गरायो ।

महोत्सवको अन्तिम दिन मंगलबार लोकदोहोरीतर्फ शंकर बिरही गुरुङ, शिवहरि ढुंगाना, परशुराम अधिकारी, ज्ञानेश्वर सुवेदी, दिलु लामा, दिलकुमारी मोक्तान, पुजा गुरुङ, टेक क्षेत्री, लक्ष्मी नेपाली लगायतको प्रस्तुति रहने छ भने साँझको लाइभ ब्यान्डतर्फ स्थानीय आयाम ब्यान्ड र सुशान्त केसीको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सव भव्य र सभ्यरुपमा सञ्चालन भइहेको महोत्सव सुरक्षा व्यवस्थापन संयोजक सूर्यबहादुर बानियाले बताए । उनले महोत्सवलाई दर्शकको साथ रहेकाले महोत्सव भव्य रुपमा सफलताका साथ अघि बढिरहेको बताए ।

महोत्सवमा राखिएको सर्प संरक्षणसम्बन्धी जानकारी लिने र महोत्सव स्थलबाटै पोखराको लेखनाथमा निर्माणाधीन चिडियाखाना पोखरा जुलोजिक पार्क हेर्न जानेको समेत उल्लेख्य भीड लागेको महोत्सव सचिवालय संयोजक लोकबहादुर थापाले बताए ।