चलचित्र ‘रे’को शुटिङ अन्तिम चरणमा


चलचित्र ‘रे’ को हाल छायांकन भइरहेको छ । चलचित्रमा सुनिल थापा, दिवस धिताल, सुजता थापा र क्रान्ति बराइली लिड रोलमा छन् 

मंसिरदेखी फ्लोरमा गएको चलचित्रको छायाङ्कन अन्तिम चरणमा छ । चोभारमा फिल्मको एक एक्सन सिनको छायांकन भइरहेको निर्देशक दिनेश पौडेलले जानकारी दिएका छन् ।

सगुन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता राजेन्द्र त्रिपाठी हुन् । काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि चलचित्रकोे कथा बुनिएको छ । एक्सन, लभ, रोमान्स, कमेडी लगायत सम्पुर्ण कुरा समावेश गरिएको चलचित्रमा किशोर खतिवडा, अभि जोशी, रक्षा गुरागाइँ, पुर्णिमा लामाले पनि अभिनय गरेका छन् ।

सवा करोडको लागतमा निर्माण सम्पन्न हुने चलचित्र आउँदो तीजमा रिलिज गरिनेछ ।