मंसिर २७ गते २०७६

ताजा समाचार

फुर्सद

सेल्फी किङको गीत सार्वजनिक (भिडियोसहित)

अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फीकिङ्ग’पोष्टर र टिजर पछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ । सार्वजनिकलोक शैलीको गीतमा सेल्फी किङ्गउर्फ विपिनसँगै केकी अधिकारी र भीमफेदी गाईज फिचर्ड छन् । कथा अनुसार नै फिल्ममा आउने गीतमा कार्यक्रमको माहोललाई देखाइएको छ । गाउँमाआयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ । ’जाली रुमाल’बोलको गीतमा बि पाण्डेको शब्द , सुभाष भुषालको संगीत रहेको छ भने यसमा अन्जु पन्त र… पुरा पढौ

मिस वर्ल्डमा नेपालीलाई मल्टिमिडिया अवार्ड

बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाल सुन्दरीले अवार्ड जित्न सफल भएकी छन्। नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी अनुष्का श्रेष्ठले गतिलो सफलता हात पार्दै मल्टिमिडिया अवार्ड जितेकी हुन्। मिस नेपाल अुनष्का 'हेड टु हेड च्यालेन्ज'को दोस्रो चरण पार टप टेनमा पुगेकी छन्। उनले हेड टु हेड च्यालेन्जबाट अन्तिम १० मा पुगेपछि शनिबार हुने फाइनल राउन्डका लागि उनलाई बाटोो खुलेको हो। उनी 'ब्यूटी विथ पर्पोज' विधामा पनि टप १० मा पुगेकी थिइन्। … पुरा पढौ

सरकारी कर्मचारीले बहुविवाह गरे यस्तो कडा सजायँ

बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् ।  बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक पतन देखिने फौजदारी कसुरमा भविष्यमा कुनै पनि सरकारी सेवाका लागि योग्य हुने छैनन् । अन्य कसुरमा भने अयोग्य नठहरिने गरी सेवाबाट हटाइने छ । प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयकको… पुरा पढौ

पोखरामा प्रमोदलाई सम्मान

प्रमोद खरेल अहिलेका चर्चित गायक हुन् । उनी कुनै समय विश्वविद्यालयमा विज्ञान विषय अध्यापन गर्थे । विज्ञानका यी प्राध्यापकको स्वरले धेरैलाई लठ्याएको छ । सानैबाट संगीतमा रुचि रहेका खरेललाई चिनाउने गीत पनि पोखरासँगै सम्बन्धित थियो । मबिना कसै कसैलाई मुस्किल छ पोखरामा बाट उनी सर्वाधिक लोकप्रिय बने । त्यसपछि उनलाई पछाडि फर्कनुपरेको छैन । एक जमानाका यी प्राध्यापकलाई पुस ११ गते पोखराको एक स्कुलले सम्मान गर्दै छ । पोखरा १४… पुरा पढौ

सुटिङका क्रममा नायकको लडेर मृत्यु

चलत्रित्र सुटिङ रमाइलो मात्र हुँदैन जोखिमपूर्ण समेत हुन्छ । ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको बिहीबार सुटिङका क्रममा चीनमा मृत्यु भएको छ । दुर्घटनाका बेला उनी एक टिभी शोको सुटिङ गरिरहेका थिए । सुटिङका बेला उनी अचानक लडेका थिए जसका कारण उनको मृत्यु भएको हो । ३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गगरिरहेका थिए । उनी यो कार्यक्रममा ‘गेस्ट’ प्रतिस्पर्धीको रुपमा समावेश… पुरा पढौ

यस्तो छ आजको सुन चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय पुगेको छ। त्यसैगरी तेजाबी सुनको मूल्य ७१ हजार ५ सय रहेको छ। चाँदीको मूल्य भने प्रतितोला ८ सय ५५ रूपैयाँ कायम भएको छ। पुरा पढौ

मंसिरमा लोकबाजा सम्मेलन

पोखरामा पहिलो पटक आगामी मंसिरमा लोकबाजा सम्मेलन हुने भएको छ । मंसिर २० र २१ गते हुने २ दिने सम्मेलन संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र हिमाली सांस्कृतिक परिवारले आयोजना गर्न लागेका हुन् । गण्डकीमा प्रचलित धुनहरु संरक्षण गर्ने उद्देश्य सम्मेलन गर्न लागिएको कार्यक्रम संयोजकसमेत रहेका हिमालीका अध्यक्ष मेनकाजी गुरुङले बताए । पुरा पढौ

मंसिर २७ मा ‘१२ सत्ताइस’

जोन योञ्जनको निर्देशन रहेको फिल्म ‘१२ सत्ताइस’को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले तिहारको अवसर पारेर फष्टलुक पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार देखिएका छन् ।  समिर श्रेष्ठ, अभिषेक नेपाल ,काजि राना, अस्मिता लामिछाने, समरान्त थापा, अभोनराज उप्रेती, भिष्म जोशी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म ३ जना युवा बेरोजगारको कथामा बनेको हो ।  ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यो… पुरा पढौ

‘छ माया छपक्कै’ को अहिलेसम्मको कमाई कति ?

दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दोस्रो साता पनि राम्रो ब्यवसाय गर्न सफल भएको छ । फिल्मले प्रदर्शनको पहिलो साता झै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको निर्माता रोहित अधिकारीको भनाइ छ ।  ‘फिल्मले गत शनिबार पहिलो साताझै देशभरका हलमा हाउसफलुको ब्यवसाय गर्यो’ अधिकारीले भने ‘अहिले पनि सबै चलचित्र भवनमा दर्शक राम्रो देखिएका छन् ।’ दर्शकको उपस्थिति अनुपात बढ्दो क्रममा भएकाले फिल्मले… पुरा पढौ

अघोरीबाबा प्रेममा चुर्लुम्म डुवेपछि….

पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेका एक अघोरी बाबाले विवाह गरेपछि एकाएक फेरि सामाजिक संजालको माहोल तातिएको छ । बाबाको विवाहलाई लिएर विभिन्न टिप्पणी हुँदै आएको छ । कतिले सकरात्मक टिप्पणी गरेका छन् भने धेरैले अघोरी बाबाले विवाह गर्नु नकारात्मक भएको बताएका छन् । योसँगै अघोरी बाबाको विवाह बारेमा उर्लाबारी ७ का जङ्गि बाबा जङ्गिएका छन ।  मोरङको उर्लाबारी–८ स्थित पाथीभरा मन्दिरमा बस्दै आएका जङ्गी बाबा चर्चामा छन् । २… पुरा पढौ