गीतकार डीपी दाहाल परिश्रमीले नेपाली नारीको महान् चाड तीजको अवसरमा यो तिजमा फिलिली नाचम्ला बोलको गीत बजारमा ल्याएका छन् ।
गीतको म्युजिक भिडियो डिलाईटेड युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गायिका शान्तिश्री परियारले गाएको गीतमा अञ्जली अधिकारीको साथमा नयन डिसी, रमा थपलिया लगायतको नृत्य छ ।
गीत रचना डीपी दाहाल परिश्रमी, संगीत पुरुषोत्तम न्यौपाने, एरेन्ज केशव बडूको छ ।
मारुनी स्टुडियोमा रेकर्ड भएको यस गीतको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् । गीतको प्रस्तुतिकर्ता रिता सिम्खडा दाहाल हुन् ।




