म्याग्दी चिनाउने म्युजिक भिडियो

विश्वव्यापी कोरोना संक्रमण भयावह हुँदै गए पनि नेपाली संगीतको बजारमा म्युजिक भिडियो आइरहेका छन् ।

म्याग्दीलाई पर्यट्किय हिसाबले चिनाउन राखुमा जन्मिएकी रबिना भन्डारी र सुधिर श्रेष्ठको अभिनयमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्देली नवोदित गायक तथा सर्जक राजिन भण्डारीले लोक पप एल्बम “बेनी बजारमा” लाई बजारमा ल्याएका हुन् ।

म्युजिक भिडियोमा चर्चित मोडेल सुधीर श्रेष्ठ र रविना भण्डारीको मुख्या अभिनय रहेको छ भने साथमा रोजिना भण्डारी, संजिता कुवर, रमेश भण्डारी र सागर भण्डारी लगायत छन् ।

बेनी बजार क्षेत्र, वीरेन्द्र चोक र पर्यटकीय स्थल लभ्ली हिलमा छायाङ्कन गरिएको भिडियो म्याग्दीकै राम केसीले खिचेका हुन् ।

गीतमा गायक राजिन भण्डारीकै सङ्गीत तथा स्वर रहेको छ भने एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । माधव श्रेष्ठको निर्देशन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

म्युजिक भिडियो रजिन भण्डारीको युटुब च्यानलमा सार्वजनिक गरिएको छ ।