फुर्सद

हरिदेवीका ५ तीजगीत र १६ लाेकगीत एकसाथ

यसपालिको तीज लक्ष्य गरी विभिन्न गायक गायिकका गीत सार्वजनिक भइरहेका छन् । हरेक वर्ष नयाँ नयाँ तीजगीत ल्याउने गरेकी अग्रज लोकगायिका हरिदेवी कोइराला यसपालि आफ्ना ५ तीजगीतका म्युजिक भिडियो ल्याउने तयारीमा छन् । तीमध्ये २ नयाँ तीजगीत हुन् भने ३ पहिल्यै रेकर्ड भएका तर म्युजिक भिडियो नबनेका गीत छन् । प्याउली जोवान र छोराछोरी हुर्के बढे उनका यसपालिको तीजअघि नै बजारमा आउने नयाँ तीजगीत हुन् । ‘यसपालिको तीजअघि नै पाँच… पुरा पढौ

मनोचिकित्सक प्राडा लामिछाने बने गायक

प्राडा निर्मल लामिछाने र ज्योति लोहनीको स्वरमा ‘हाम्री आमा’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । लामिछाने वरिष्ठ मनोचिकित्सक हुन् । गीतमा रामप्रसाद पौडेलको शब्द, तारानाथ आचार्यको संगीत, सञ्जीव लामिछानेको भिडियोग्राफी र सुवास आमागाईको सम्पादन छ । म्युजिक भिडियो बिजी हस्पिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । अग्रज लोक गायिका हरिदेवी कोइरालाले म्युजिक भिडियो सार्वजनिक गरिन् । कार्यक्रममा कोइरालाले संगीत र साधनाले जीवनलाई मनोरम र ऊर्जावान् बनाउने जनाइन् ।… पुरा पढौ

सुरज पण्डितको सिंहदरवार २ सार्वजनिक

लोकप्रिय गायक सुरज पण्डितले नयाँ गीत सिंहदरवार दुई बजारमा ल्याएका छन्। गीतमा सुरजको आफ्नै शब्द, संगित, स्वर रहेको छ। कर्णालीका गायक भनेर आफ्नो पहिचान बनाएका सुरजका गीतहरुमा प्राय शोषित पीडित जनताहरुको आवाज सुन्न पाइन्छ ।उनका रेलको बाटो, सिंहदरवार , मिरा, छुकछुक छुकछुक लगायतका गीतहरु निकै चर्चित छन् । भिडियोमा सुरज पण्डित सँगै अस्मिता सुनार "जुरेली" र हेमन्त कान्छा रसाइलीले अभिनय छ ।भिडियोको परिकल्पना र निर्देशन लक्ष्मण सुनारले गरेका छन् ।… पुरा पढौ

प्रतिमाको गीत सार्वजनिक

देशमा सुशासन आवश्यक छ । ठूला संगठित अपराध र भष्ट्रचारले जनतामा निरासा छाएको छ । निराश जनतालाई उत्साहित बनाउँदै शासक, प्रशासकलाई खबरदारी गर्दै गीतकार प्रतिमा अधिकारीको गीत सार्वजनिक भएको छ । अब उठ जनता, बोल जनतासबै भ्रष्टहरुको पोल खोल जनता यो चूप लागेर बस्ने बेला हुँदै हैनहेरीमात्रै बस्ने छुट पनि छँदै छैनकति बोक्ने सधैं यस्तो रिनको भारीमास्न उठ अब सबै खाले भष्ट्रचारी । गीतमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा भष्टचारीहरुकै… पुरा पढौ

दुई दशकदेखि गाउँकै माटोमा रमाउदै आएकी एक महिलाको संघर्षमय यात्रा

पर्वतको कुश्मा नगरपालिका स्थित खुर्कोट घर रहेकी उमेरले चार दशक पार गरिसकेकी गीता पौडेल कृषक हुन् । दुई दशक अघि देखि कृषि कर्मबाट नै उनले आफ्नो परिवारको दैनिक गुजारा गर्दै आएकी छन् । जव उनको एघार कक्षामा पढ्दा पढ्दै अठार वर्षको उमेरमा विहे भो । विहेसँगै उनको दैनिकी साग, बन्दा, काउली, टमाटर, खुर्सानी, धनियाँ लगायत उत्पादन गरिने तरकारी खेतीमा जोडियो । पढ्ने रहर हुँदाहुँदै परिस्थितिवश विचमै पढाइबाट विट मारेकी उनी… पुरा पढौ

गाउँकी ‘फूलमाया’ लिएर आए सपूत (गीतसहित)

एकपछि अर्को सिर्जनामार्फत दर्शक, स्रोताको मन जितिरहेका गायक प्रकाश सपुतको नयाँ म्युजिक भिडियो सकम्बरीयुट्युब ट्रेन्डिङ १ मा उक्लेको छ । बिहीबार प्रकाशकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोले छोटो अवधिमै करिब २३ लाख भ्युज पाइसकेको छ । गीतमा स्वर, शब्द र लय प्रकाशकै छ । स्वरमा प्रकाशसँगै वर्ता गन्दर्भ पनि सुनिएकी छन् । आफ्ना सिर्जनामा निकै मिहेनत गर्ने प्रकाशले त्यसमार्फत खास सन्देश प्रवाह गर्ने गरेका छन् । नयाँ म्युजिक भिडियोमा… पुरा पढौ

गीतबाट सत्तालाई खबरदारी, जनतालाई ऊर्जा

चर्चित गायक मञ्चमा उक्लिए । दर्शकलाई लागेको थियो; अब गीत सुनाउँछन् । गायक जीवन शर्मा गाउँखाने कथा पो सुनाउन थाले । खान्नँ भन्यो, जसरी पनि खान्नँ भन्यो । कसै खाँदै खान्न भन्यो तर खायो । के हो ? दर्शकले शर्मालाई गाउँ दिएनन्, उत्तरै दिए–घूस । देश र व्यवस्था बदल्न क्रान्ति गर्नेहरु पनि सत्तामा पुगेपछि अरुभन्दा फरक नभएको उनले घुमाएर संकेत गरे । लामो समय कम्युनिस्ट पार्टीको सांस्कृतिक समूहको नेतृत्व गरेका… पुरा पढौ

माननीयको फकिर जस्तो जिन्दगी !

बिन्दु पहाडी, गण्डकी प्रदेशसभा सदस्य मैले उहाँलाई पहिलोपल्ट राप्रपा पार्टी कार्यालयमा भेटेको थिएँ । पहिलो भेटमा नै यतिसम्म गुणात्मक प्रभाव प¥यो कि, सायद त्यतिसम्मको प्रभाव विरलै व्यक्तित्वले मलाई पारेका थिए । त्यो प्रभावले मलाई परिचय गर्ने लालसा र हुटहुटी जाग्यो । त्यहाँको कार्यक्रम सकिएलगत्तै म उहाँलाई भेट्न आतुर थिएँ । गेटमा मैले भने, ‘नमस्कार १ हजुरलाई दिदी भन्न मन लाग्यो, दिदी एकपल्ट हाम्रो हरिहर गुफामा पाल्नु होला है रु’ तत्क्षणको… पुरा पढौ

ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । धमला भने कांग्रेसनिकट छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुङ्गो नलागेको बताइन् । एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश… पुरा पढौ

हरिदेवीको तीजको नयाँ मौलिक गीत

अग्रज लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालाको नयाँ तीज गीत सार्वजनिक भएको छ । आफ्नै लय, शब्द र संगीतमा कोइरालाले समसामयिक तीज गीत बजारमा ल्याएकी हन् । ‘यो घरमा लच्छिन छैन’ बोलको गीतमा परिवारका सदस्यमा समन्वय नहुँदा आइपर्ने अप्ठेरो अवस्थालाई देखाइएको छ । https://www.youtube.com/watch?v=ptOfwqAyCvc पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं