माननीयको फकिर जस्तो जिन्दगी !

बिन्दु पहाडी, गण्डकी प्रदेशसभा सदस्य

मैले उहाँलाई पहिलोपल्ट राप्रपा पार्टी कार्यालयमा भेटेको थिएँ । पहिलो भेटमा नै यतिसम्म गुणात्मक प्रभाव प¥यो कि, सायद त्यतिसम्मको प्रभाव विरलै व्यक्तित्वले मलाई पारेका थिए । त्यो प्रभावले मलाई परिचय गर्ने लालसा र हुटहुटी जाग्यो ।

त्यहाँको कार्यक्रम सकिएलगत्तै म उहाँलाई भेट्न आतुर थिएँ । गेटमा मैले भने, ‘नमस्कार १ हजुरलाई दिदी भन्न मन लाग्यो, दिदी एकपल्ट हाम्रो हरिहर गुफामा पाल्नु होला है रु’ तत्क्षणको भिडभाडे माहोलमा पनि मलाई उहाँले हेर्नु भयो । लाग्छ, आफ्नोपन नियाल्नु भयो । मैले थपे, ‘धेरै टाढा छैन दिदी, राजेन्द्र लिङ्देन पनि आएर एक रात बसेर जानु भएको आश्रम हो । एकदम एतिहासिक र दर्शनीय छ ।’

अझ, थप्दै भन्नुहुन्छ, ‘भाइ म माछा, मासु केही खान्न । साँझ परेपछि पनि केही भोजन गर्दिनँ । मलाई संसदमा जोगी सांसद भन्छन् ।’

‘हुन्छ भाई, म फुर्सद मिलाएर आउँछु । मलाई नम्बर देऊ, फोन गरेर आउँछु,’ भन्नुभयो । त्यति बेला उहाँका लागि असहज र असुविधाजनक समय थियो । भर्खरै मनोनित भएर आउनु भएको सांसद भएर होला, या उहाँको भाषण कलाले होला कार्यकर्ताले घेरेका थिए । म उहाँको उक्त भाइसरहको वचन भावबाट नै खुसी थिएँ । तब म थप प्राथमिकतामा परिनँ भनेर दुःखमनाउ र गुनासो गर्ने परिस्थिति बिल्कुल थिएन । सो बुझेर रञ्जना बहिनीले ‘म दिउँला दाइ उहाँको नम्बर भनिन् ।

केही दिन त्यसै बिते । मनमा भने एक प्रकारको उत्प्रेरणा थियो । रञ्जना बहिनीलाई फोन गरेँ । मानवीय विन्दु पहाडी दिदीको हालखबर बुझें । साथै, हरिहर मन्दिर दर्शनका लागि चाँजोपाँजो मिलाउन भने । मानौँ, सेकेन्ड सुईले एक फन्को लाउन नपाउँदै उनले कुरा मिलाइन् । र भनिन्, ‘शनिबार दिदीलाई लिएर म आउँछु । तपाई कतै व्यस्त हुनुहुन्न नि ?’

यहाँनेर एउटा सानो प्रसंग जोडौ, हरिहर गुफा आश्रम हाम्रो गाउँको एउटा एतिहासिक आश्रम हो । त्यतिमात्र होइन, हाम्रो भेगको गहकिलो पहिचान पनि हो । जति पनि ९खास गरी पोखरा बाहिरका० साथी मेरो घर आउँछन्, ती साथीलाई हरिहर मन्दिर घुम्न जाऊँ भन्न मन लाग्छ । त्यस मन्दिरमा व्याप्त भू–स्वर्गको रस स्वाद, प्राकृतिक अनुरस चखाउन मन लाग्छ ।

जसका पछाडि २ उद्देश्य छन्– एक त हरिहर मन्दिरको प्रचारप्रसारमा सहयोग पुगोस्, अर्को आफ्नो मान्छेलाई प्रकृति विशेषले अविस्मरणीय खुसी तुल्याओस् । त्यस मानेमा पनि स्वभाविक रुपमा मेरो मुखबाट फुस्कियो होला, ‘हाम्रो हरिहर गुफामा एकपल्ट पाल्नुहोला है दिदी ।’

मेरो उक्त प्रस्तावलाई सहर्ष स्वीकारेर विन्दु दिदी आउनु भयो । साथमा भाइ सुवर्णराज पन्त र रञ्जना बहिनी पनि ।

प्रसंगवश साहित्यिक कुरा चल्यो । मैले दिदीलाई एउटा गीति कविता सुनाए । उहाँले निकै प्रशंसा गर्नु भयो । तर त्यो प्रशंसा त्यति बेला निरर्थक र खल्लो लाग्यो, जतिबेला मुखाग्र उहाँले धाराप्रवाह शार्दुलविक्रीडीत छन्दमा कविता सुनाउनु भयो । महिला चेतनाका, आध्यात्मिक चिन्तनका र राजनीतिक चासोका उहाँका कविता वास्तवमै माननीय लाग्यो । उहाँप्रति मेरो सम्मान र प्रभावको ईंट्टा थपिँदै गए ।

कता कता लाग्यो, मेरो उहाँसगँको भेट, अझ एउटा दिदीको रुपमा स्वीकारोक्ति पक्कै पनि कुनै पुण्यको फल होला । जुन फल प्राप्तिका लागि भगवानप्रति म अनुग्रहित हुनु पर्छ । आमाले पनि उहाँको बोली, वचन औधी मन पराउनु भयो । आखिरमा शुभविचार नै त हुन आफ्नोपनका विशेषता, मान्छेको पहिचान ।

शरीर भरि चोटै चोट, टाउकोबाट रगत बगेको थियो । ३९ दिनपछि उहाँको होस् खुल्यो । तर पनि उहाँ विचलित नभई कर्मपथमा लागिरहनुभयो ।

केही क्षण घरमा बसेपछि हामी हरिहर मन्दिरतर्फ लाग्यौँ । बाटोमा उहाँले धेरै कुरा सेयर गर्नुभयो । उहाँका कुरा सुन्दा लाग्यो, उहाँ साधारण र संघर्षशील महिला हो । निश्चित रुपमा जीवन संघर्षको मैदान हो । कम्ता संघर्ष गर्नु पर्दैन सफलता प्राप्तिका लागि । उहाँ यस स्थानमा आइञ्जेल धेरै दुःखका सिँढी पाए भए होलान् । र, त आज यहाँ हुनुहुन्छ । मेरा साना दुःखले आज्र्याको होइन…भने झै ।

अझ प्रष्ट भन्दा जब उहाँ राप्रपाको सद्धान्त अङ्गीकार गरेर क्रियाशील हुनु भयो । वि।सं। २०६३/६४ सालतिर उहाँ लागेका कारण क्रान्तिकारी पार्टी भनाउँदाहरुले धम्कीपूूर्ण पत्र पठाए । दिनदहाडै घर बमले खरानी पारे । त्यतिमात्र होइन, १९ वटा जुत्ताको माला लगाएर वेंसीसहर घुमाए । छिछी र दुरदुरमात्र होइन, जे पायो त्यसैले प्रहार गरे । उहाँको जीवन रक्षाकै लागी प्रहरीको गाडीले काठमाण्डौँ पु¥यायो ।

शरीर भरि चोटै चोट, टाउकोबाट रगत बगेको अवस्था थियो । ३९ दिनपछि उहाँको होस् खुल्यो । तर पनि उहाँ विचलित नभई कर्मपथमा लागिरहनुभयो । आत्मबल थप्दै राजनीतिको मैदान आफूलाई होम्नु भयो । भनिन्छ, फूलेको बाँस पनि एक पल्ट टुसाउँछ । त्यसरी नै टुसाउँछन् मनमा आशा र सपना । त्यसरी नै मन र मानसिकताले ऊर्जा महसुस गर्दछ । जसै उहाँलाई हतियारले मेट्न सकेन । जसै उहाँका विचार मैदानमा सुरक्ष कवज बने । उहाँको संघर्ष, त्यागको समुचित मूूल्याङ्कन पनि भयो । आज उहाँ आफ्नो कर्म र भाग्यप्रति सन्तुष्ट हुनुहुन्छ ।

उहाँ सांसद बन्दा अधिकांश कार्यकर्ता खुसी छन् । पार्टीमा निष्ठावान् कार्यकर्ताको मूूल्याङ्कन हुँदो रहेछ भन्ने अनुभूति भएको छ । उटा प्रखर वक्ता, एउटा स्वस्थ्य विचारकी धनी । धेरैले उहाँका तर्क सहजै आत्मसात् गर्छन् । तर प्रतिवाद गर्न भने जोकोहीलाई हम्मेहम्मे पर्दछ । खैर, उहाँले आफ्नो व्यक्तित्वको प्रदर्शन गर्न हरिहर आश्रममा पनि चुक्नु भएन । स्वामी इशानानन्दलाई समेत मन्त्रमुग्ध पार्न सफल हुनुभयो । अन्य, समितिका महानुभावले पनि प्रसंशा गरे, ‘सांसद त निकै क्षमतावान् हुनुहुदो रहेछ । राजेन्द्र लिङ्देनले राम्रा मान्छेलाई अवसर दिएर पढाएछन् । सबै मान्छेसँग त्यस्तो क्षमता कहाँ हुन्छ रु उँहाको आध्यात्मिक क्षेत्रमा गहिरो रुचि रहेछ । गीता कष्ठस्थ भन्नु हुँदो रहेछ ।

उहाँ भन्नुहुन्छ, ‘मानव चार प्रकारका हुन्छन् । पशु –मानव, दानव –मानव, देव –मानव र मानव– मानव । हामी मानव सत्कर्म गर्नलाई पृथ्वीमा आएका हौँ ।’ अझ, थप्दै भन्नुहुन्छ, ‘भाइ म माछा, मासु केही खान्न । साँझ परेपछि पनि केही भोजन गर्दिनँ । मलाई संसदमा जोगी सांसद भन्छन् ।’

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।