चैत्र २ गते २०७६

ताजा समाचार

फुर्सद

पूर्व मिस नेपाल उषा खड्गीले गरिन् ‘डिभोर्स’

पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । १७ वर्षअघि जिपी तिमल्सिनासँग प्रेम विवाह गरेका उनले इमेज टेलिभिजनलाई दिएको अन्तरवार्ताको दुई भिडियो क्लिपसहितको फेसबुक पोस्ट गर्दै तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गरेकी हुन्। ‘ विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन, ’ उनले सो फेसबुक पोस्टमा लेखेकी छन्। पोस्टमा… पुरा पढौ

हिमेश पन्त बने कमेडी च्याम्पियन

रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । पुरा पढौ

नेवा सुन्दरीले देखाए प्रतिभा

नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ११४० को ट्यालेन्ट राउन्ड सकिएको छ । शनिबार भएको कार्यक्रममा २२ प्रतियोगी आफ्ना प्रस्तुति राखे । मिस नेवामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवती सहभागी छन् । उनीहरुले शनिबार अन्तर्निहित प्रतिभा तथा नेवारी समुदायमा मानिने संस्कृति प्रस्तुति राखेका हुन् । ट्यालेन्ट राउन्डका निर्णायकमा शम्भुलाल श्रेष्ठ, आन्नद बज्राचार्य र रिना गोसेली थिए । कार्यक्रममा संस्थाका अध्यक्ष अशोक पालिखे, प्रतियोगिताका मुल संयोजक विमल… पुरा पढौ

मार्च १३ मा दुबइमा नरेन्द्र प्यासीको एकल साँझ

युएईको दुबईमा पहिलो पटक गायक नरेन्द्र प्यासीको एकल साँझ आयोजना हुने भएको छ । नरेन्द्र प्यासी म्युजिकल नाईट नाम दिईएको यस कार्यक्रम यहि मार्च १३ तारिक शुक्रबार साँझ बर दुबईको रेनेट्री होटलमा आयोजना हुने भएको हो । मार्च १३ शुक्रबार साँझ ६ बजेबाट सुरु हुने गायक प्यासीको एकल साँझ रेनेट्री होटलको नसा दोहोरी साँझमा आयोजना हुँदैछ । ुके भुल भयो प्रिया म संग बोल्दिनौु, ुतिमीले दिने मायाु, ुतिमी बिनाको जीवन… पुरा पढौ

फागुन ३० मा सुमनको एकल साँझ

सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने सुमन श्रापित एकल सांगीतिक साँझ २०७६ तयारी तीव्र पारिएको छ । तयारीका लागि मूल आयोजक समितिको बैठक मंगलबार बसेको छ । बैठकले कार्यक्रम भव्य बनाउने निर्णय गरेको प्रतिष्ठान महासचिव एवं कार्यक्रम मूल आयोजक समिति महासचिव मनकुमार श्रेष्ठले बताए । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा फागुन ३० गते दिउँसो २ बजे एकल साँझ हुँदै छ । आयोजक प्रतिष्ठानका संस्थापक नवराज बरालको अध्यक्षतामा बसेको बैठकमा हालसम्म भए… पुरा पढौ

ग्याल्पो ल्होसारमा मुस्ताङी ओपेरा

पोखराको याम्दीमा रहेको पेमा छाल गुम्बामा ग्याल्पो ल्होसारको अवसर पारी हिमाली क्षेत्रमा हुने गतिविधि समेटिएको पौराणिक गीति नाटक प्रदर्शन गरिएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ बासीले स्थापना गरेको पेमा छाल गुम्बामा नेपाल तिब्बत ल्हामो समाजका कलाकारले गीति नाटक प्रदर्शन मञ्चन गरेका हुन् । गौतम बुद्धको ज्ञानको सन्देश दिने र लोभ, लालचमा पर्न नहुने सन्देश दिने गीति नाटकले समाज परिवर्तनसँगै हिमाली क्षेत्रको रहनसहनलाई देखाएको प्रदेसभा सदस्य इन्द्रधारा विष्टले बताए ।… पुरा पढौ

मेरो बिहेको कार्ड चाडै नै छापिन्छ

नायिका रेखा थापालाई उनको परिवारले बिहेको बिषयमा दबाब दिन थालेको लामै समय भैसकेको छ । तर, नायिका थापाले भने बिहेको बिषयमा सोचेकी छैनन् । शुक्रबार नायिका प्रियंका कार्कीको बिहेमा सहभागी भएकी नायिका थापाले आफूलाई अब आफ्नै बिहे हेर्न मन लागेको बताएकी छिन् । तपाई कसको बिहेका लागि उत्साहित हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्–‘मलाई त आफ्नै बिहे हेर्न मन छ । मेरो बिहेको कार्ड चाडै नै छापिन्छ ।’ उनले बिबाह भन्ने… पुरा पढौ

अभिनेत्री आँचलले गरिन् इंगेजमेन्ट

यही फागुन २९ गते विवाह गर्न लागेकी अभिनेत्री आँचल शर्माले आफ्नो प्रेमी उदिप श्रेष्ठसँग इंगेजमेन्ट गरेकी छिन् । करिब ढेड वर्ष लामो प्रेम सम्बन्धपछि दाम्पत्य जीवनमा बाँधिन लागेका उनिहरुले सोमबार चुच्चेपाटीको इम्पेरियल बैंक्वेटमा परिवारका सदस्यहरूको उपस्थितिमा टीकाटालो गरेका हुन् । चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले विवाहपछि पनि चलचित्रमा सक्रिय रहने बताएकी छिन् । पुरा पढौ

अम्बिका भण्डारीलाई अली मियाँ प्रोत्साहन पुरस्कार

साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई यस वर्षको अली मियाँ प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको पुरस्कारको राशि नगद २० हजार, सम्मानपत्र र दोसल्ला छ । प्रतिष्ठानका सचिव पद्यराज ढकाल संयोजकत्वको प्रतिभा छनोट समितिले भण्डारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । लोकसाहित्य र लोकगीतमा भण्डारीको करिब १ दशकको क्रियाशीलतालाई मूल्यांकन गरी पुरस्कृत गर्न लागिएको ढकालले जानकारी दिए । कास्कीको अन्नपूर्ण गाउँपालिका… पुरा पढौ

मिस कल्चर नेपालको बिजेता प्रतिक्षा बास्तोला

छैठौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधी हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छिन् । उनले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारेकी हुन् । पुष्पाञ्जली फेसन एन्ड इभेन्ट द्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम , सेकेन्ड रनर अफ सुहाना क्षेत्री , थर्ड रनर अफ करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुबेदीले जिते… पुरा पढौ