‘जाम हिड साइली’ लिएर आइन् शान्ति

गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । बुटिक व्यवसायी श्रीस संगीत क्षेत्रमा समेत क्रियाशील छिन् । अहिले गायिका मगरको ‘जाम हिड साइली’ सार्वजनिक भएको छ ।

उनको अफिसियल युटुबमार्फत सार्वजनिक भएको गीतमास्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश रानामगरको शब्द, संगीत रहेको गीतमा गौरव पहारी र रजनी गुरुङको अभिनय छ ।

म्युजिक भिडियोको छायाँकन काठमाडौंमा गरिएको हो । मौसम हिमालीको कथा, निर्देशन र कोरियोग्राफीमा गीतको म्युजिक भिडियो तयार भएको हो ।

श्रीस गीतबाट आशावादी छिन् । यसअघि उनका ‘गल्छी झरेसी’, ‘जून तारा’, ‘फूल जस्तो मेरो जोबान’ लगायतका गीत बजारमा आएका थिए ।