सुमिनालाई मिस तनहुँको ताज

सुमिना गुरुङले ‘मिस तनहुँ २०२१’ को ताज पहिरिन सफल भएकी छन् । शनिबार साँझ मनकामना चलचित्र हलमा सम्पन्न मिस तनहुँको पाँचौं संस्करण २०२१ मा ९ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका २ निवासी १६ बर्षकी सुमिना उपाधी चुमेकी हुन् ।

प्रतियोगितामा फस्ट रनरअप सन्धा धिताल भइन् भने सेकेन्ड रनरअपको उपाधी बिशाखा श्रेष्ठले जितिन् । त्यसैगरी दर्शकको रोजाइमा रिया सन्त्राले उपाधी जितिन् । प्रतियोगिताको मुल्यांकनकर्तामा मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ, पर्यटन विज्ञ हरिसिं गुरुङ, मिस तनहँु २०१५ सुजना श्रेष्ठ थिए । सुमिनाले नगदचेक पचास हजार सहित प्रमाण पत्र र ताज प्राप्त गरेकी छन् । प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो र सेकेण्ड रनरअपले २० हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गरेका छन् ।

प्रतियोगिता डाफे मल्टिमिडियाको आयोजनामा भएको हो । प्रमुख सन्ज्ु घलेले कार्यक्रममा व्यास ५ स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमलाई नगद पाँच हजार ५० रुपैया सहयोग प्रदान गरेकी थिईन् ।