हल्का टुच्चको म्युजिकल ट्रेलर

पोखरेली कलाकारले निर्माण गरेको वेब सिरिज ”हल्का टुच्च” को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ।

राम बास्तोला र बज्रराज अधिकारिको क्रियसनमा निर्माण भएको सिरिजको निर्देशन, लेखन, कथा तथा सम्पादन राम बास्तोलाको छ ।

रियल पिक्चर इन्टरटेनमेन्टको युटुबबाट प्रसारणमा आएको सिरिज “हल्का टुच्च ” मा मुख्य कलाकारको रुपमा बज्र अधिकारी ,राम बास्तोला ,पुस्पा लोहनी ,सरिता दानकुटी ,प्रज्वल भित्रीकोटी,माधब चापागाईं ,सुबास काफ्ले लगायत छन् ।

“समाजमा घट्ने यथार्थ घटना ,देश को समसामायिक बिषय बस्तुमा आधार रहेर कथा निर्माण गरिन्छ र व्यंग्यात्मक तरिका बाट सिरिजमा देखाईन्छ” निर्देशक राम बास्तोला बताउछन।

कोरोनाको बढ्दो जोखिमका कारण नियमित रुपमा सिरिज आउन नसकेको र अब छिट्टै नियमित रुमपा सिरिज आउने पनि बास्तोलाले बताए। “हल्का टुच्च “को ९ भागसम्म भने प्रसारणमा आइसकेको छ। अब छिट्टै नियमित रुमपा सिरिज आउने बास्तोला बताउँछन् ।