पुरूषोत्तमको हाँसखेल गर्दै सार्वजनिक

पुरूषोत्तम न्यौपानेको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। प्रदीप सुवेदीको शब्द, न्यौपानेकै सँगीत तथा सँगीत सम्योजन रहेको गीतलाई डिलाईटेट नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

बालपनदेखिको प्रेम र वियोगलाई समेटेको उक्त गीतको भिडियोमा गायक स्वयमले अभिनय गरेका छन् । क्यामरामा नवराज घिमिरेको नाम छ भने सम्पादन शक्ति प्रज्वल घिमिरेको हो।