शिक्षा

लेखनाथ विभूतिमा अंग्रेजी समाचार वाचन

लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलमा अतिरिक्त क्रियाकलाप अन्र्तगत शुक्रबार अंग्रेजी भाषामा समाचार वाचन भएको छ । बालबालिकाको पढाइ सीप बिकास समाचार वाचन निकै उपयोगी हुनेसंस्थापक प्रिन्सीपल रेखा थापाको भनाई छ । एकदेखी कक्षा ८ सम्मका ६० जना विद्यार्थीले दुई चरणमा समाचार पढे । कक्षा ६ , ७ र ८ का तीस जना विद्यार्थीले समाचार पढ्दा कक्षा ७ की ड्यासल गुरुङ पहिलो भइन् । संगम ढकाल (७), कृपा परियार(६) र स्नेहा… पुरा पढौ

पिएन क्याम्पसमा नेविसंघको खुला कविता प्रतियोगिता

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस, मानविकी संकाय इकाइले बिहीबार खुला कविता प्रतियोगिता आयोजना गर्यो । प्रतियोगितामा निकेश गिरी प्रथम, सागर केसी द्वितीय, वसन्ती सुवेदी तृतीय भए । प्रतियोगितामा प्रथम भएका गिरीले ३ हजार, द्वितीय भएका केसीले २ हजार र तृतीय भएकी सुवेदीले १ हजर नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा प्राध्यापकहरू सञ्जीव पौडेल, गणेश शर्मा, सुरज पौडेल रहेका थिए । ‘साहित्य प्रवद्र्धनका निम्ति नेविसंघ’ भन्ने मूल नाराका साथ प्रतियोगिता… पुरा पढौ

नतिजा नआउँदा पोविविका विद्यार्थी मर्कामा, प्रशासनमा ताला

विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन पूरा गरिसकेपछि विद्यार्थीको सपना के हुन्छ होला ? थप शिक्षाका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययनका लागि जाने या सरकारी तथा अन्यत्र जागीरको खोजी गर्ने । विद्यार्थीका सपना अन्य धेरै पनि हुन्छन् । तर पोखरा विश्वविद्यालयका विद्यार्थी आफ्नो यस्ता अवसरहरूबाट बञ्चित हुँदैछन् । जसको कारण हो विश्वविद्यालयमा राजनीतिक नियुक्ति । यही नियुक्ति गर्नमा ढिलाई हुँदा विद्यार्थीका परीक्षाफल प्रकाशित गर्नमा ढिलाई भएको हो । यसको सोझो मार पोखरा विश्वविद्यालयको… पुरा पढौ

दमौलीमा क्यान मेलाको प्रचार

कम्प्युटर एसोसिएसन महासंघ (क्यान) कास्कीको आयोजनामा हुने क्यान इन्फोटकको ११ औं संस्करणको प्रचारप्रसार गर्न आयोजक सोमबार तनहुँ पुगेका छन् । पोखरामा फागुन ११ गतेदेखि हुने महोत्सवबारे जानरी दिन पत्रकार सम्मेलन आयोजना गरियो । मेलमा वृहत सूचना प्रविधि प्रदर्शनी, आइटी कन्फेरेन्स, प्रदेश स्तरको टाइपिङ प्रतियोगिता, आइसिटी वक्तृत्वकला प्रतियोगिता, कम्प्युटर तथा ल्यापटपको निशुल्क मर्मत सेवा, ल्यापटप साटफेर सुविधा, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं बिक्री वितरण गरिने क्यान कास्की सचिव सेवक क्षितिजले बताए… पुरा पढौ

कोवाङको कृषि बिद्यालय राजनितिक अखडा बन्दै

समाज रुपान्तरणमा शैक्षिक पाटो महत्वपूर्ण मानिन्छ । दक्ष जनशक्ति उत्पादन गर्ने योगदान विद्यालयले पुरा गर्छ । विद्यालय सरस्वतीको मन्दिर पनि हो । एउटा गीत उत्कृष्ठ बन्न गायकका साथै संङ्गितकार र लेखक सर्जकको उक्तिकै योगदान रहन्छ । विद्यालय पनि संङ्गित जस्तै बिद्या आर्जन गर्ने यस्तो तपोकेन्द्र हो । जसलाई हाक्न बिद्यालय ,शिक्षक ,अभिभावक र व्यवस्थापन समितिको योगदान हुन्छ । यी निकायले स्वच्छ र पारदर्शी ढंगले जिम्मेवारी पुरा गरे त्यहाको शैक्षिक गुणस्तर… पुरा पढौ

पृथ्वीनारायण क्याम्पसमा पठनपाठन सुचारु

पृथ्वीनारायण क्याम्पसको पठनपाठन मंगलबारदेखि खुलेको छ । समान कामको समान ज्याला माग गर्दै पढाउन छोडेर शिक्षकहरू ८ दिनदेखि आन्दोलनमा उत्रिएका थिए । सोमबार बेलुका त्रिभुवन विश्वविद्यालयबाट आएका ३ सदस्यीय कार्यदल र विद्यार्थी संगठनको रोहबरमा बसेको बैठकले विवाद मिलाएको हो । ‘हिजो राति १० बजेसम्म वार्ता ग¥यौं,’ अनेरास्ववियुका कास्की जिल्ला अध्यक्ष विवेक देवकोटाले भने, ‘हामीसहित टियुले पठाएको ३ सदस्यीय कार्यदल पनि थियो ।’ आन्दोलनरत आंशिक शिक्षकहरूलाई मासिक वेतन अनुसारको तलब दिने… पुरा पढौ

शुक्रराज मावि ५२ वर्षमा

पोखरा २२ पुम्दीभुम्दीको शुक्रराज माध्यमिक विद्यालयले ५१ औं बार्षिकोत्सव, पुरस्कार बितरण तथा अविभावक दिवस मनाएको छ । समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सरकारी विद्यालयको गुणस्तर युगसापेक्ष र प्रतिश्पर्धी बनाउन अभिभावक र शिक्षकको विशेष भूमिका हुने बताए । उनले सबै नराम्र पक्षमा सरकारलाई गाली गरेर समाधान ननिस्किने उल्लेख गर्दै निजी विद्यालयभन्दा गुणस्तरीय, सीपमूलक र युगसापेक्षा शिक्षा दिने बनाउने गरी काम गर्न आग्रह गरे । प्रदेश सभा… पुरा पढौ

बक्तृत्वकला प्रतियोगिता कास्की तारा २०७६ सम्पन्न

सुर्यतारा क्लब(पोखरा) द्धारा आयोजित कास्की तारा फाइनलमा उमा माध्यमिक विध्यालय अन्नपूर्ण गाउँपालिका वडा न १० कि कक्षा ९ मा अध्यानरत छात्रा ममिता बिक कास्कीतारा बन्न सफल भएकी छन् । २०७६ असोज ५ गते देखि सुरुभएको बक्तृत्वकलाको संस्करण कास्कीमा रहेका ५ वटै स्थानीय तहमा भिन्नाभिन्नै माध्यमिक बिध्यालय स्तरीय प्रतियोगिता सम्पन्न गरि उत्कृस्ट तीन लाई फाइनलमा प्रतिस्पर्धा गराइएको थियो । 'सुखी नेपाली समृद् नेपाल निर्माणका आधार' विषयक बक्तृत्वकला प्रतियोगिता कास्की तारा २०७६… पुरा पढौ

वडाध्यक्षको सुविधाबाट विद्यार्थीलाई खाजा

पोखरा २८ का अध्यक्ष निर्मल दियालीले आफ्नो सुविधावापत प्राप्त हुने ३ महिनाको रकम सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई खाजा खर्चका लागि प्रदान गरेका छन् । पोखरा २८ आरुपाटाको लेखनाथ आधारभूत विद्यालयको शनिबार भएको ३९ औं वार्षिकोत्सवमा अध्यक्ष दिवालीले ३ महिनाको सुविधा ५४ हजार र थप १ हजार गरी ५५ हजार रुपैयाँको चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्पराज त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । हालै भएको पोखरा महानगरको नगरसभाले वडाध्यक्षलाई मासिक १८ हजार… पुरा पढौ

पोखरामा खुल्यो इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले नेपालको विकास गर्न दक्ष जनशक्तिको खाँचो रहेको बताएकी छन् । पोखराको पन्थीगल्लीमा खुलेको इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स (आईसीएएस) शुभारम्भ गर्दै मन्त्री पुनले सीप र दक्षता भए संसारको जुनसुकै ठाउँमा गएर पनि काम गर्न सक्ने उल्लेख गरिन् । नेपालमा अहिले भौतिक विकासलाई मात्रै प्राथमिकता दिइएको बताउँदै मन्त्री पुनले योग्य, नैतिकवान र दक्ष नागरिक तयार नभएसम्म देश अघि बढ्न नसक्ने स्पष्ट पारिन् । देशमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं