शिक्षा

मुस्ताङका विद्यार्थी पढ्नका लागि तनहुँ झरे

मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन्। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो। जनज्योति आधारभूत विद्यालय र घर्मी सोलर आधारभूत विद्यालयका १४२ विद्यार्थीलाई शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ। पुस १६ गतेदेखि फागुन १७ गतेसम्म उक्त विद्यालयका विद्यार्थी क्याम्पभित्रै बसेर अध्ययन गर्ने मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका… पुरा पढौ

ला-ग्राण्डीमा विद्यार्थी बिदाई

पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौरस्थित लाग्राण्डी इन्टरनेशनल कलेजमा २०१५ मा भर्ना भएका विद्यार्थीलाई विदाई गरिएको छ । ४ वर्षको अध्ययन पूरा गरेका उनीहरूलाई बिदाई गरिएको कलेजले जनाएको छ । उनीहरू विविए, विसिए र विपिएचमा सातौं सेमिस्टरमा अध्ययनरत थिए । सांस्कृतिक कार्यक्रम समेत आयोजना गरी उनीहरूको विदाई गरिएको कलेजका प्राचार्य किरण केसीले जानकारी दिए । कलेजका प्राचार्य केसीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका संस्थापक देवराज चालिसेले अध्ययन कहिल्यै पूरा नहुने भन्दै… पुरा पढौ

फागुन १४ मा स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए । परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । ‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको लागि पत्र प्राप्त भएको छ’’,… पुरा पढौ

कास्कीको शुक्लागण्डकी माविलाई सहयोग

मर्दीखोला शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न सरकारी विद्यालयलाई करिब ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान गरेको छ । कास्की माछापुच्छ्रे गाउँपालिकाको शुक्लागण्डकी माविमा शुक्रबार प्रतिष्ठानको २१ औं वार्षिकोत्सवको अवसरमा विद्यालयहरुलाई सहयोग गरेको हो । प्रतिष्ठानले ६० हजार बराबरको २ वटा प्रोजेक्टर, ४० हजार बराबरको विज्ञान प्रयोगशालाका सामान, ४० हजार बराबरको पुस्तक हस्तान्तरणका साथमा विभिन्न विद्यालयका २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई १ लाख ५० हजार रुपैयाको छात्रवृत्ति प्रदान गरेको… पुरा पढौ

पुस २७ गते विदुर नगरपालिकामा सार्वजनिक बिदा

पुस २७ गते आइतबार ‘पृथ्वी जयन्ती’का दिन विदुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा यहि पुस २७ गते विदुर नपा क्षेत्रमा पाँचौं नगरसभा बैठकले गरेको सूचना प्रकाशित गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले जानकारी दिएका छन् । आफ्नो जीवनको अधिकांश समय एकीकरणमै विताएका पृथ्वीनारायण शाहले नुवाकोटबाट नेपाल एकिकरणको अभियान शुरुवात गरेको र उनको देहान्त पनि बिदुर–५ देवीघाटमै… पुरा पढौ

विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण दिने

भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ । गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगर प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित… पुरा पढौ

लोकसेवा आयोगले माग्यो नायब सुब्बा (सूचनासहित)

लोकसेवा आयोगले नायव सुब्बा पदमा भर्ना खुलाएको छ । आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति  गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख छ ।  आयोगले आफ्ना क्षेत्रीय कार्यालयबाट भएका कर्मचारीको मागअनुसार विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको छ ।  इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १४ सम्म र दोब्बर दस्तुर तिरेर माघ २१ भित्र आवेदन दिन सक्नेछन् ।  यस्तै आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा… पुरा पढौ

८ कक्षासम्म रंगीन किताब, यसपालि किताब अभाव नहुने

कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो । त्यसमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनजस्ता सम्बन्धित संस्थामा अनियमितता र कर्मचारीको आन्दोलनले काममा नकारात्मक असर पारेको हुन्थ्यो । राजनीतिक स्थिरता र जनक शिक्षा… पुरा पढौ

कस्कीको भूमे स्कुललाई कोरियाली सम्मान

कास्कीको उत्तर पश्चिम अन्नपूर्ण गाउँपालिकाको सुदामेस्थित भुमे आधारभूत विद्यालयललाई सरसफाइमा अब्बल काम गरेवापत कोरियाको बुद्धिष्ट इन्भारोमेण्टल सोलिडारिटीले नगद ५ सय डलर र कदरपत्रसहित सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घप्रसाद शेरचन र प्रधानाध्यापक तेजप्रसाद शर्मालाई कोरियन प्रोफेसनल आट्रिष्ट एशोसिएसनका अध्यक्ष किम मिनडो र प्राध्यापक लि जोङ केले कदरपत्र र नगद प्रदान गरेका थिए । किम मिनडोले कोरियादेखि नेपालसम्म आएर विद्यालयमै सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले… पुरा पढौ

नर्सिङका विद्यार्थीद्वारा आत्मदाहको चेतावनी

अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरूले आफूहरूको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएका हुन् । ‘हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने आत्मदाह गर्न वाध्य हुनेछौं ’, पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं