पुस २७ गते विदुर नगरपालिकामा सार्वजनिक बिदा

पुस २७ गते आइतबार ‘पृथ्वी जयन्ती’का दिन विदुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा यहि पुस २७ गते विदुर नपा क्षेत्रमा पाँचौं नगरसभा बैठकले गरेको सूचना प्रकाशित गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले जानकारी दिएका छन् ।

आफ्नो जीवनको अधिकांश समय एकीकरणमै विताएका पृथ्वीनारायण शाहले नुवाकोटबाट नेपाल एकिकरणको अभियान शुरुवात गरेको र उनको देहान्त पनि बिदुर–५ देवीघाटमै भएकोले १ दिन नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।