माघ २७ गते २०७६

ताजा समाचार

माघ २७ गते २०७६

दमौलीमा क्यान मेलाको प्रचार

कम्प्युटर एसोसिएसन महासंघ (क्यान) कास्कीको आयोजनामा हुने क्यान इन्फोटकको ११ औं संस्करणको प्रचारप्रसार गर्न आयोजक सोमबार तनहुँ पुगेका छन् ।

पोखरामा फागुन ११ गतेदेखि हुने महोत्सवबारे जानरी दिन पत्रकार सम्मेलन आयोजना गरियो । मेलमा वृहत सूचना प्रविधि प्रदर्शनी, आइटी कन्फेरेन्स, प्रदेश स्तरको टाइपिङ प्रतियोगिता, आइसिटी वक्तृत्वकला प्रतियोगिता, कम्प्युटर तथा ल्यापटपको निशुल्क मर्मत सेवा, ल्यापटप साटफेर सुविधा, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं बिक्री वितरण गरिने क्यान कास्की सचिव सेवक क्षितिजले बताए ।

फागुन १५ गतेसम्म चल्ने मेलामा १ सय स्टल रहने छन् । इन्फोटेक गर्नका लागि क्यान कास्की अध्यक्ष रुक्मांगत भण्डारीको संयोजकत्वमा ३५ उपसमिति गठन गरिएको छ । इन्फोटेकबाट बचत भएको रकम सूचना तथा प्रविधिको विकासमा खर्चिने आयोजकको प्रतिवद्धता छ । क्यानले विगतको नाफाबाट गृहिणीलाई निशुल्क कम्प्युटर तालिम र दृष्टिविहीनलाई कम्प्युटर शिक्षा दिएको थियो ।

क्यानले सूचना प्रविधिको विकास एवं प्रबद्र्धनका लागि स्थापनाकालदेखि विभिन्न गतिविधि गर्दै आएको छ । क्यान गण्डकी अध्यक्ष तुल्सीराम पाण्डेले मेला नवीनतम प्रविधि प्रदर्शनी गरी सूचना र प्रविधिबारे सर्वसाधारणलाई जानकारी दिनु मुख्य उद्देश्य रहेको सुनाए ।