फागुन १ गते २०७६

ताजा समाचार

फागुन १ गते २०७६

पिएन क्याम्पसमा नेविसंघको खुला कविता प्रतियोगिता

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस, मानविकी संकाय इकाइले बिहीबार खुला कविता प्रतियोगिता आयोजना गर्यो । प्रतियोगितामा निकेश गिरी प्रथम, सागर केसी द्वितीय, वसन्ती सुवेदी तृतीय भए ।

प्रतियोगितामा प्रथम भएका गिरीले ३ हजार, द्वितीय भएका केसीले २ हजार र तृतीय भएकी सुवेदीले १ हजर नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा प्राध्यापकहरू सञ्जीव पौडेल, गणेश शर्मा, सुरज पौडेल रहेका थिए ।

‘साहित्य प्रवद्र्धनका निम्ति नेविसंघ’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा ४१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा नेविसंघ पिएन क्याम्पस मूल इकाई समितिका सभापति दीपक शर्मा वाग्लेले विद्यार्थीबीच आपसी सम्बन्ध बलियो बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यार्थीको हक हितका लागि नेविसंघ सधैं लडिरहने प्रतिवद्धता समेत जनाए ।

नेविसंघ शिक्षाशास्त्र संकाय संयोजक मोहमद अमर अलिमियाँको सभापतित्वमा भएको कार्यक्रममा गौरव बराल, विपिन नेपाली, सागर सापकोटा लगायत सहभागी थिए भने नेविसंघका नेता निता क्षेत्रीले स्वागत र शिव बराल ‘बुढा घरे’ ले सञ्चालन गरेका थिए ।