बक्तृत्वकला प्रतियोगिता कास्की तारा २०७६ सम्पन्न

सुर्यतारा क्लब(पोखरा) द्धारा आयोजित कास्की तारा फाइनलमा उमा माध्यमिक विध्यालय अन्नपूर्ण गाउँपालिका वडा न १० कि कक्षा ९ मा अध्यानरत छात्रा ममिता बिक कास्कीतारा बन्न सफल भएकी छन् ।

२०७६ असोज ५ गते देखि सुरुभएको बक्तृत्वकलाको संस्करण कास्कीमा रहेका ५ वटै स्थानीय तहमा भिन्नाभिन्नै माध्यमिक बिध्यालय स्तरीय प्रतियोगिता सम्पन्न गरि उत्कृस्ट तीन लाई फाइनलमा प्रतिस्पर्धा गराइएको थियो ।

‘सुखी नेपाली समृद् नेपाल निर्माणका आधार’ विषयक बक्तृत्वकला प्रतियोगिता कास्की तारा २०७६ मा अमरसिंह माध्यमिक बिध्यालय कक्षा १० मा अध्यनरत छात्रा अपेक्षा अधिकारी दित्तीय र गौरीशंकर मनिलाल मा वि कि कक्षा १० मा अध्यनरत छात्रा दुर्गा ढुंगाना तृतीय हुन सफल भएका थिए ।

प्रथम दित्तीय र तृतीय लाई क्रमश नगद ३००००, २०००० र १०००० सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । बक्तृत्वकला प्रतियोगिता कास्की तारामा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सुर्यतारा क्लब पोखरा जस्तै सामाजिक संस्थाहरुले सरकार सँग हातेमालो गर्दै अगाडी बढेमा सुखी नेपाली समृद् नेपाल निर्माण हुनेमा बिस्वास रहेको धारणा व्यक्त गरेका थिए । बालबालिका भबिस्यका कर्णधार रहेकाले उनीहरु बाट प्राप्त बिचारले नीति निर्माण तहमा महत्वोपुर्ण योगदान पुग्ने बताए ।

उक्त कार्यक्रमको अध्यक्षता गर्दै क्लबका अध्यक्ष बिष्णु पुनले कास्की तारा हुन सफल विध्यार्थीलाई उच्च शिक्षा सम्मको अध्ययन खर्च क्लबले बेहोर्ने घोसणा गरे । समृद् समाज निर्माणका लागि विध्यार्थीहरुका विचारहरुलाई नीति निर्माण तहमा पुर्याई लिपिबद्ध गराउदै भोलिको समाजको नेतृत्व विध्यार्थीहरुको हातमा हुने भएकाले लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन यस्ता अभियान सुरु गरिएको बताएका थिए ।

वेथानी वोर्डिग स्कुल पोखरा १० मा आयोजित उक्त कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा , पोखरा महानगरपालिका वडा न ३० अध्यक्ष श्रीराम पोखरेल , वेथानी वोर्डिग स्कुलका प्रिन्सिपल शुक्रराज अधिकारि, क्लबका सल्लाहकार मोहन सुवेदी , क्लबका सहसचिब कृष्ण प्रसाद अधिकारी लगायतले आफ्नो बिचार राखेका थिए ।

प्रतियोगिताको निर्णायकको रुपमा समालोचक नगेन्द्र राज लामिछाने, उप प्राध्यापक नारायण दत्त सुबेदी र विध्यार्थी नेता लक्ष्मण तिमिल्सेना रहेका थिए । क्लबका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक शिब प्रसाद अधिकारिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम क्लबका सचिव रामचन्द्र तिमिल्सेनाको संचालनमा सम्पन्न भएको थियो ।