लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलमा अतिरिक्त क्रियाकलाप अन्र्तगत शुक्रबार अंग्रेजी भाषामा समाचार वाचन भएको छ । बालबालिकाको पढाइ सीप बिकास समाचार वाचन निकै उपयोगी हुनेसंस्थापक प्रिन्सीपल रेखा थापाको भनाई छ ।
एकदेखी कक्षा ८ सम्मका ६० जना विद्यार्थीले दुई चरणमा समाचार पढे । कक्षा ६ , ७ र ८ का तीस जना विद्यार्थीले समाचार पढ्दा कक्षा ७ की ड्यासल गुरुङ पहिलो भइन् । संगम ढकाल (७), कृपा परियार(६) र स्नेहा गुरुङ (६) क्रमशः दोस्रो,तेस्रो र सान्त्वना भएको विद्यालयका शैक्षिक संयोजक कविर खड्कीले जानकारी दिए।
यता १ देखी ५ कक्षा सम्मका ३० जनाबिच भएको प्रतिस्पर्दामा कक्षा ३ की श्रृया केसी पहिलो भइन् । कक्षा ५ का अप्सन भट्राई दोस्रो र निखिल खड्का र रक्षा पुरी तेस्रो भएको शिक्षक रामकुमारी दुराले जानकारी दिइन् ।
कक्षा १० लाई विदाइ
लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलबाट पाँचौ व्याचको रुपमा माध्यामिक शिक्षा परिक्षा (एसईई) २०७६ मा सामेल हुने कक्षा १० लाई कक्षा नौ का विद्यार्थीहरुले विदाइ गरेका छन् ।
विद्यालयका संस्थापक प्रिन्सिपल रेखा थापा कार्कीले उज्जवल भविष्यको कामना गदै टिका र खादा लगाएर शुभकामना व्यक्त गरिन् । संस्थापक शुशिला कार्की अधिकारीले साना बचेराहरु उड्न सफल भएको खुसी लागेको बताइन् ।

प्रशाशक गोपाल अर्याल र शैक्षिक संयोजक कविर खड्कीले शुभकामना मन्त्वय व्यक्त गरेका थिए । कक्षा नौ का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप संयाजक शिक्षक नविन पौडेलले गरेका थिए ।





