शुक्रराज मावि ५२ वर्षमा

- भूपू विद्यार्थीले दिए करिब ६ लाख, विव्यस अध्यक्षले बनाए अक्षयकोष

पोखरा २२ पुम्दीभुम्दीको शुक्रराज माध्यमिक विद्यालयले ५१ औं बार्षिकोत्सव, पुरस्कार बितरण तथा अविभावक दिवस मनाएको छ ।

समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सरकारी विद्यालयको गुणस्तर युगसापेक्ष र प्रतिश्पर्धी बनाउन अभिभावक र शिक्षकको विशेष भूमिका हुने बताए । उनले सबै नराम्र पक्षमा सरकारलाई गाली गरेर समाधान ननिस्किने उल्लेख गर्दै निजी विद्यालयभन्दा गुणस्तरीय, सीपमूलक र युगसापेक्षा शिक्षा दिने बनाउने गरी काम गर्न आग्रह गरे ।

प्रदेश सभा सदस्य रामजीप्रसाद बराल जीवनले शैक्षिक स्तर राम्रो बनाउन र समग्र शिक्षाकै सुधारका लागि अभिभावकको अहं भूमिका हुने औंल्याए । शुक्रराजमा आवश्यक भौतिक संरचना रहेकाले गुणस्तर अझ बनाउन सामूहिक प्रयत्न गर्न उनले आग्रह गरे ।

अर्का प्रदेश सभा सदस्य राजीव पहारीले प्रदेशको शैक्षिक स्तर उकास्न गण्डकी सरकारले विभिन्न योजना अघि सारेको उल्लेख गरे । पोखरा २२ को बाँदर आतैक चाडै व्यवस्थापन गर्ने र शुक्रराजको खेल मैदानलाई पनि सहयोग गर्ने उनले प्रतिवद्धता गरे ।

समारोहमा शैक्षिक प्रतिबेदन प्रधानाध्यापक नरनाथ बाराल र आर्थिक प्रतिबेदन लेखापाल जनक बरालले प्रस्तुत गरे । भूपू विद्यार्थी मञ्चका अध्यक्ष बालकृष्ण बरालले विद्यालयलाई ५लाख ८० हजारको चेक हस्तान्तरण गरे ।

विव्यस अध्यक्ष नरहरि बराल र उनका दाइ नन्दलालले पनि स्कुलमा १ लाख १० हजारको अक्षयकोष स्थापना गरेका छन् ।

विव्यस अध्यक्ष नरनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक दीपकराज पौडेल र सञ्चालन शिक्षकद्वय होमप्रसाद पौडेल र हर्कबहादुर लामिछनेले गरेका थिए ।