Author Archive

संकटको पाठ : शिक्षा र स्वास्थ्य राष्ट्रियकरण

हजारौ सिध्दान्तभन्दा एक ब्यवाहारले धेरै कुरा सिकाऊदछ । नेपालमा क्रान्तिकारीहरूले शिक्षा र स्वस्थ्य राष्ट्रियकरण हुनु पर्दछ भनेर आवाज उठाउन थालेको धेरै समय भयो । हरेक राजाीतिक परिवर्तनकालागि भएका जनआन्दोलन जनक्रान्तिमा यी एजेण्डा मूख्य बन्छन् । जव राजनीतिमा पुनस् संरचनाका कुरा आऊदछन् क्रान्तिकारी भनिएकाहरू नै सत्तामा पुग्दछन् । उनीहरू नै शिक्षा र स्वस्थ्यका माफियासंग साझेदारी गर्न पुग्दछन् । यही नै वर्तमानको यथार्थ हो । हाल कोरोना भाइरसले विश्व आक्रान्त छ ।… पुरा पढौ

कोरोना शंका गरिएकी युवतीको मृत्यु

वीर अस्पतालमा कोरोना आशंकामा उपचाररत युवतीको मृत्यु भएको छ । अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीले का सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएकी १ युवतीको मृत्यु भएको पुष्टि गरे । चन्द्रागिरी नगरपालिकाकी ती युवती अघिल्लो साता भारतबाट आएकी थिइन् । उच्च ज्वरो र स्वास फेर्न पनि कठिन भइरहेकी ती युवतीको स्ल्याब परीक्षणका लागि पठाइएको भए पनि नतिजा आउन बाँकी छ । पुरा पढौ

महिलाको मृत्यु, उपचार गर्ने डाक्टर क्वारेन्टाइनमा

दार्जिलिङमा कोरोना सङ्क्रमित १ महिलाको मृत्यु भएको छ। कोरोनाबाट कालेबुङ निवासी ४५ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो। चैत १५ गते कोरोना पुष्टि भएकी उनको उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो । उनी १३ चैतमा अस्पतालमा भर्ना भएकी थिइन् । अहिले ती महिलाका परिवारका सदस्य र उनका सम्पर्कमा आउने १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनको स्वास्थ्य जाँच गर्ने २ डाक्टर पनि होम क्वारेन्टाइनमा छन्। पुरा पढौ

महासंकटमा पनि धर्म परिवर्तनको आतंक, १ महिला पक्राउ

कोरोनाबारे भ्रम फैलाउने १ महिलालाई चितवन प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका ७ जगन्नाथपुरीकी ३८ वर्षीया जानकी ढुंगानालाई ‘यशुलाई विश्वास गर्नुहोस तपाईंहरूलाई केही हुँदैन, कोरोना भाइरसले पनि छुँदैन,’ भन्दै हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । भ्रम छरेको भनी स्थानीयले उजुरी गरेपछि ती महिलालाई पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । केही दिनअघि कास्कीका पनि कोरोना हटिजा भनी भ्रमपूर्ण प्रवचन दिने पास्टर पक्राउ परेका… पुरा पढौ

गीत : केही ठेगान छैन यो जिन्दगानीको

ढुङ्गाको हैन यो मेरो देह , हो अन्नपानीकोकुन बेला ढल्छ केही ठेगान छैन यो जिन्दगानीको हावामै मृत्यु उडेको देख्छु भागेर कहाँ पो जाउँपानीमै मृत्यु बगेको देख्छु तिर्खामा के पो खाउँरोगको आगो , शोकको आगो चौतर्फी आगो छजीवनको नाउँमा चुँडिन बाँकी मसिनो धागो छ नराम्रो कुनै सपना हो कि , भ्रम अरु केही होचिमोटी हेर्छु आँफैलाई तर यथार्थ यही होथाहा छैन कैले एक मुट्ठी प्राण छोडेर जाने होजन्मेकै भेषमा मर्नु छ… पुरा पढौ

लकडाउनमै ८ वर्षकी बालिका बलात्कृत

सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा ८ बर्षिया नाबालिका बलात्कृत भएकी छिन् । रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका बलात्कृत भएको दुईदिन न बित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बालिका पीडित भएकी हुन् । फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको… पुरा पढौ

१ महिनाको शुल्क मिनाहा गर्न बोर्डिङ स्कुललाई निर्देशन

नेपाल सरकारले निजी विद्यालयहरुलाई १ महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले १ महिनाको शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो। बोर्डिङहरुले आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । पुरा पढौ

जर्मनीमा अर्थमन्त्रीले गरे आत्महत्या

जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् । कोरोना भाइरसका कारण सिर्जित आर्थिक संकटबीच जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्याको बाटो रोजेका हुन् ।  मन्त्री स्याफरको शव जर्मनीको फ्र्याङफर्ट र मान्जबीचमा पर्ने होचेमको तीव्र गतिमा चल्ने रेलको लिकमा शनिबार भेटिएको थियो । कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले शव रेलको लिकमा देखे पनि उनी अर्थमन्त्री स्याफर हुन् भन्ने सुरुमा पहिचान गर्न सकेनन् ।  मृत्यु हुनुअघि उनले आत्महत्या नोटसमेत लेखेको अनुसन्धानमा… पुरा पढौ

विपन्नलाई खाद्यान्नका लागि विशेष पहल

पोखरा वडा नंं. १७ ले कोरोना भाइरसको सन्त्रासको मुकाबिला गर्न विभिन्न निर्णय गरेको छ । आइतबार भएको कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणसम्बन्धी वडास्तरीय समन्वय समिति तथा जनप्रतिनिधिको संयुक्त बैठकले वडावासीलाई लकडाउन पूर्ण पालना गर्दै अत्यावश्यक वस्तु र सेवाको प्रबन्ध मिलाइएको जनाएको छ । वडाले दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने, अपांग, अनाथहरुलाई खाद्यान्न आपूर्तिका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । उनीहरुसम्म संघीय सरकार, प्रदेश, महानगरले गर्ने सहयोग आइपुग्ने समय… पुरा पढौ

आइसोलेसनमा बसेका इन्जिनियर पन्तको निधन

लण्डनमा बस्ने इन्जिनियर केदार पन्तको शनिबार निधन भएको छ। ६३ वर्षीय पन्त निर्माण गैरआवासीय नेपाली संघ युकेका सल्लाहकार थिए । लण्डनर्कै घरमा अस्वस्थ महसुस गरेपछि शनिबार उनलाई अस्पताल लगिएको थियो। अस्पतालम चिकित्सकले उनलाई अस्पतालमै मृत घोषित गरे। कोरोनाको आशंकामा पन्त विगत १० दिनदेखि घरमै आइसोलेसनमा बसेर काम गर्दै आएका थिए। पन्त मृत्युको कारण ह्रदयघात वा कोरोना के हो भन्ने थाहा पाउन तीन दिन पर्खनु पर्नेछ। नेपालको घर लम्जुङ भएका पन्तलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं