Author Archive

चेक चोरी र किर्ते हस्ताक्षरमार्फत संगठित ठगीको प्रयास, गिरोह सक्रिय

ai generated picture जिल्ला अदालत कास्कीमा अंश, घरेलु हिंसा र मानाचामलसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा एक जघन्य आपराधिक घटना सतहमा आएको छ । व्यक्तिगत प्रतिशोध साँध्ने र आर्थिक लाभ लिने उद्देश्यले सुरु गरिएको यो संगठित ठगी प्रकरणमा अहिले प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको छ। पोखरा महानगरपालिका–७ शान्तिनगरचोककी कञ्चन सेडाईलाई फसाउने नियोजित नियतका साथ विभिन्न व्यक्तिलाई चेक बाँडिएको र झूटा लेनदेनको दाबी गरिएको पुष्टि भएपछि घटनाले नयाँ र गम्भीर मोड लिएको… पुरा पढौ

सुकुमबासीका माग सुनुवाई नभए अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी

सुकुमबासीहरुले आफ्ना मागहरु सुनुवाई नभए अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी दिएका छन् । शान्तिपूर्ण आन्दोलनबाट आफुहरुको माग सुनुवाई नभए मेची–महाकाली राजमार्ग र सुकुमवासी केन्द्रित क्षेत्र केन्द्रित संघर्षसहित देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी दिइएको हो । अखिल नेपाल सुकुमवासी संघले विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले विभिन्न सुकुमवासी बस्तीहरूमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै विना विकल्प… पुरा पढौ

सम्पादकीय: अध्यादेशको चाङमा अधिनायकवादको डर !

लोकतान्त्रिक व्यवस्थाको सार संसदमार्फत हुने खुला बहस, सहमति र विधि निर्माणमा निहित हुन्छ। तर जब कार्यपालिका आफैंले त्यो प्रक्रिया छोट्याउने बाटो रोज्छ, त्यहाँ लोकतन्त्रको आत्मामाथि नै प्रश्न उठ्छ। पछिल्लो समय सरकारले अध्यादेशमार्फत कानुन निर्माणलाई प्राथमिकता दिन थालेको सन्दर्भले यस्तै चिन्ता जन्माएको छ। झन् अहिले, संसदमा करिब दुई तिहाइ समर्थन हुँदा हुँदै अध्यादेश सिफारिस गरिएको प्रसंगले प्रश्न अझ गम्भीर बनाएको छ। जब आवश्यक कानुन सजिलै संसदबाट पारित गराउन सकिने अवस्था छ,… पुरा पढौ

२९ करोड लगानी गरी अत्याधुनिक र सुविधासम्पन्न बन्दै छ सभागृह

भूगोलमा देशकै ठूलो महानगर पोखरामा बेला बेला अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने चर्चा चल्छ । सम्मेलन केन्द्र नहुँदा यहाँ ठूला कार्यक्रम कि त खुला चौरमा गर्नुपर्ने वाध्यता छ कि जीर्ण भइसकेको पोखरा सभागृहकै क्षमताबाट काम चलाउनुपर्छ । यही वाध्यतालाई केही हदमा भए पनि सम्बोधन गर्न पोखरा–८ मा रहेको पोखरा सभागृह पुनर्निर्माण गरिने भएको छ । २०४४ सालमा जनस्तरबाटै बनाइएको सभागृह चार दशकपछि मर्मत गरी सुविधासम्पन्न बनाउन लागिएको हो । अहिले… पुरा पढौ

बुधबार राति भारी वर्षा हुन सक्ने, सर्तक बनौं

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार बुधबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार देशभर… पुरा पढौ

कविता: सुकुम्बासी फूल

सोचेकै थिएं उसैबेलातिमी छदम बाटो आउनुहुन्नथियोआउनेहरुले आउँदै गर्दा बाटो बिराएपछियात्रामा उल्टो बाटो रोजेपछिमान्छेलाई आफ्नै छायाले पछ्याएझैँपछ्याउँदै आउँछ अनिष्टलेतिमी आउँदैगर्दा लागेकै होबाटोभरि यात्राभरिबेदाग उज्यालो आउनेछैन भनेरयी मखमली बाटोहरुमा। सिमानाको माटो दिनहुँजसो खुम्चिंदैछनिमुखाको कानमा एकोहोरो त्रासको घण्टी बज्छसाँच्चै समय उल्टो बगेको छलय फरक लागेको छतिमी सभ्यताको उल्टो नदीमाधमिलो बग्यौयी आशाका खेतहरुभिजाएर बहने हरियो समयले समेतअब निस्सार फर्कनु छ रित्तै रित्तै तिमी त्रासको ढोल बजाउंदै आयौ आउँदाविनाशको नर्सिङ्गा फुक्दै आयौआउँदाआफ्नै अनुहार छोपेरजिवित मृत… पुरा पढौ

दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई

नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैंयाँ, दोसल्ला र… पुरा पढौ

पानी विवादमा चाडमा ४२ जनाको मृत्यु

पूर्वी चाडमा पानीको स्रोतलाई लिएर सुरु भएको स्थानीय विवाद तीव्र प्रतिशोधात्मक हिंसामा परिणत हुँदा कम्तीमा ४२ जनाको ज्यान गएको छ । सुडान सीमासँग जोडिएको क्षेत्रमा भएको यो घटना स्रोत अभाव र बढ्दो अस्थिरताले कसरी ठूलो मानवीय सङ्कट निम्त्याउन सक्छ भन्ने उदाहरणका रूपमा देखिएको छ । उपप्रधानमन्त्री लिमाने महामतका अनुसार शनिबार वाडी फिरा प्रान्तको इगोटे गाउँमा दुई परिवारबीच पानी प्रयोगको विषयमा सुरु भएको झडप चाँडै व्यापक हिंसामा परिणत भएको थियो ।… पुरा पढौ

अब पूर्वभिआइपीले पाउने छैनन् विदेशमा उपचार गराउन खर्च

राज्यका पूर्व विशिष्ट व्यक्ति -भिआईपी)ले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम लिन पाउने व्यवस्था सर्वोच्च अदालतले खारेज गरिदिएको छ । संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । राज्यका पूर्व पदाधिकारीले स्वदेशमा उपचार गर्न मिल्ने अवस्था हुदाहुदै पनि विदेशमा गएर उपचार गर्ने र मन्त्रिपरिषद्को निर्णयबाट उनीहरूको उपचारखर्च व्यहोर्ने चलन थियो । सर्वोच्च अदालतले कार्यविधि नै खारेज गरेपछि विदेशमा गरिएको… पुरा पढौ

पोखरामा दर्शन, साहित्य र भाषामाथि विमर्श

गण्डकी साहित्य संगम पोखरा र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा शनिबार पोखरामा दर्शन, साहित्य र भाषामाथि विमर्श भएको छ । कार्यक्रममा प्राडा यदुनन्दन उपाध्यायले …प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्तिÚ विषयक कार्यपत्र पेश गरे । कार्यपत्रमाथि समीक्षक तेजविलास अधिकारीले टिप्पणी गरेका थिए । लोकबहादुर थापा मगरले प्रस्तुत गरेको कार्यपत्र …गण्डकी प्रदेशको भाषिक अवस्थाÚमाथि डा यमनाथ तिमिल्सिनाले टिप्पणी गरेका थिए भने समीर सिंहले प्रस्तुत गरेको कार्यपत्र …वर्तमान सन्दर्भमा माक्र्सवादी दर्शनÚ शीर्षकको कार्यपत्रमाथि राजनीतिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं