Author Archive

लडाईं मध्यपूर्वमा, तनाव विश्वभर

मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका र क्षेत्रीय शक्तिहरूबीचको तनाव खतरनाक मोडमा पुगेको छ । पछिल्ला घटनाक्रमहरूले युद्ध अझ फैलिने सङ्केत देखाएका छन् भने मानव क्षति, ऊर्जा सङ्कट र कूटनीतिक टकराव एकैसाथ बढिरहेका छन् । इजरायलको उत्तरी सहर हाइफामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सात तले आवासीय भवनमा सीधा प्रहार हुँदा भवन आंशिक रूपमा ढलेको र भग्नावशेषमा हराइरहेका अन्य दुई जनाको… पुरा पढौ

फेवातालको जग्गाको अवस्था अध्ययन अर्काे समिति, ७ दिन म्याद

सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिले फेवातालको चार किल्ला सिमानाभित्रको जग्गाको हालको अवस्था र निर्माण भएका संरचना लगायतको अध्ययन गर्ने छ भने फेवातालको क्षेत्रभित्र पर्ने सम्पूर्ण कित्ता जग्गाको यथार्थ विवरण संकलगरी अभिलेखीकरण कार्य पनि गर्नेछ । ताल… पुरा पढौ

गण्डकी प्रदेशका अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ । आयोगले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । आयोगका सहायक प्रवक्ता अधिकारीका अनुसार भ्रष्टाचारबाट आर्जित सम्पत्तिको वास्तविक स्रोत… पुरा पढौ

छात्रावासमै विद्यार्थीले जन्माइन् बच्चा

पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा छात्रावासमै एक विद्यार्थीले बच्चा जन्माएपछि विद्यालय र स्थानीय समुदायमा हलचल मच्चिएको छ । कक्षा ११ मा अध्ययनरत कल्पना (नाम परिवर्तन) ले गत चैत ११ गते राति विद्यालयकै होस्टेलमा छोरी जन्माउनुभएको हो । विद्यालयका अनुसार ती छात्रा शिक्षा सङ्कायमा अध्ययनरत हुनुहुन्थ्यो ।  टाढाबाट आएको हुनाले विद्यालयले उहाँलाई छात्रावास उपलब्ध गराएको थियो । घटना भएको राति छात्राले छात्रावासमै बच्चा जन्माएपछि होस्टेल वार्डेनको सहयोगमा उहाँलाई तत्काल आफन्तको सम्पर्कमा ल्याएर… पुरा पढौ

पोखरा मियाँपाटनकी युवती ढल्केबरमा मृत फेला

धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी छन् । ढल्केबरको जुन तारा स्टापलाइन होटलमा उनी काम गर्थिन् । इलाका प्रहरी कार्यालय ढल्केवरले मंगलबार बिहान ११ बजेतिर उनी होटेलमा मृत फेला परेको खबर आएको जनाएको छ । होटेलको काउन्टरनजिकै लडेको अवस्थामा उनी मृत फेला परेको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । उनको मृत्युको कारण अहिलेसम्म खुलेको छैन । पुरा पढौ

दलित तथा बहिष्कृत समुदायसँग राज्यले माफी माग्ने

सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि भएको विभेदप्रति सार्वजनिक रूपमा क्षमा माग्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृत १०० बुँदे शासकीय सुधार योजनामा यो विषय समावेश गरिएको हो। योजनाअनुसार राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसरबाट वञ्चित गरिएका अवस्थाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय र समावेशीतालाई बलियो बनाउने लक्ष्य राखिएको छ। साथै १५ दिनभित्र औपचारिक माफीसहित सुधारमुखी कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरिएको… पुरा पढौ

बेटिङ एप र वेबसाइट बन्द

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट’ बन्द गराएको छ। मन्त्रालयले बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणले इन्टरनेट सेवाप्रदायकसँगको समन्वयमा हाल पहिचान भएका सबै सट्टेबाजी एप र वेबसाइट बन्द गरिएको हो । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसँगको बैठकमा बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएलगत्तै प्राधिकरणले बेटिङ बन्द… पुरा पढौ

पूर्वमन्त्री दीपक खड्का पक्राउ

पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।  सीआईबी प्रमुख एआईजी मनोज केसीले m खड्का पक्राउ परेको पुष्टि गरे । पुरा पढौ

२०४८ यताका उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन गरिने

सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। नयाँ सरकारले २०४८ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने भएको छ। सरकारले शुक्रबार नै स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ अन्तर्गत यो महत्त्वपूर्ण योजनालाई अघि सारेको हो । यस निर्णय कार्यान्वयनका लागि आगामी १५ दिनभित्र एक शक्तिशाली अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने सरकारले जनाएको छ । सरकारले छानबिन प्रक्रियालाई दुई… पुरा पढौ

विद्यार्थी संगठनहरु र कर्मचारीका दलीय ट्रेड युनियन खारेज

सरकारले ६० दिनभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ । शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत् ६० दिनभित्र विद्यालयरविश्वविद्यालयबाट दलीय विद्यार्थी संचरना हटाउने घोषणा गरिएको हो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालयरविश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संचना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिलरभ्वाइस अफ स्टुडेन्ट संयन्त्र विकास गर्ने उक्त कार्यसूचीमा भनिएको छ। त्यस्तै, विश्वविद्यालयहरूबाट लिइने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं