Author Archive

विशेष महाधिवेशनबाट गगन बने कांग्रेस सभापति

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन मार्फत पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति अनुसार पार्टीको सभापतिमा गगन थापा चयन भएका छन् यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तैमहामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका हुन् । महाधिवेशनबाट कांग्रेसले सहमहामन्त्रीहरू पनि निर्विरोध निर्वाचित गरेको छ… पुरा पढौ

लामेआहालको ल्यान्डफिल भरियो, अब फोहोर कहाँ लैजाने ?

सोमबारदेखि पोखरा महानगरको फोहोर उठ्न सकेको छैन । वडा नम्बर ३२ को लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल भरिएपछि त्यहाँ फोहोर लैजान बन्द गरिएको छ । तीन दिनदेखि फोहोर सडक किनारमै थुप्रिएको छ । स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि वडा नम्बर १४, बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट बन्द गरिएको थियो । विमानस्थलको दुई किलोमिटरमा रहेको ल्यान्डफिल बन्द गरी अस्थायी रुपमा… पुरा पढौ

एक पटकको हुक्का सेवन १०० चुरोट सेवन बराबर !

तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सर जस्तो घातक रोगको सुरुआती चरण बन्न सक्छ । राष्ट्रिय स्वास्थ शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवर्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुंगानाले युवामाझ हुक्का खाने प्रचलन बढ्दै गएको बताए ।… पुरा पढौ

रविलाई सुशीलाको उपहारः संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् । ‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृत दिइएको हो,’ महान्यायाधिवक्ता सबिता भण्डारी बरालले… पुरा पढौ

पोखरा उपत्यकामा चराको संख्या बढ्दा, प्रजाति विविधता घट्यो

पोखरा उपत्यकाका ताल तथा सिमसार क्षेत्रमा सन् २०२६ को जनवरी ९ मा सम्पन्न Asian Waterbird Census (AWC) को नतिजा सार्वजनिक गरिएको छ । सन् २०२५ को तथ्यांकसँग तुलना गर्दा यस वर्ष कुल चराको जनसंख्या १०.२ प्रतिशतले वृद्धि भए पनि चराको प्रजाति विविधता १३.२ प्रतिशतले घटेको पाइएको छ । तथ्यांकअनुसार सन् २०२५ मा ५३ प्रजातिका चरा अभिलेख भएका थिए भने सन् २०२६ मा यो संख्या घटेर ४६ प्रजातिमा सीमित भएको छ… पुरा पढौ

विशष महाधिवेशन पक्षले भन्योः सहमतिका ८ बुँदा यी हुन्

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ । प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेलगायत छन् । यस्ता छन् बुँदाहरू कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्नेविशेष महाधिवेशनको स्वामित्व लिनुपर्नेप्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्नेचुनावी गठबन्धन कुनै पनि दलसँग नगर्नेटिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्नेनिर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्नेउम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउनेविशेष महाधिवेशनमा… पुरा पढौ

पोखरा विद्युत् प्राधिकरणका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रमा कार्यरत तत्कालीन केन्द्र प्रमुखसहित चार जनाविरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। प्राधिकरणको पोखरा वितरण केन्द्रअन्तर्गत कोत्रे पोल प्लान्टमा रहेको भण्डारबाट ९०० मिटरभन्दा बढी तामाको तार हराएको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा १३ लाख ९३ हजार ६०३ रुपैयाँ ३ पैसा बराबरको क्षति पुगेको पुष्टि भएपछि आयोगले मुद्दा चलाउने निर्णय गरेको हो। अनुसन्धानका क्रममा भण्डारबाट… पुरा पढौ

पोखरा बहुमुखी प्राध्यापक संघको बधाई

पोखरा बहुमुखी क्याम्पस प्राध्यापक संघले क्याम्पसको हालै सम्पन्न आठौं अधिवेशनबाट निर्वाचित नयाँ संचालन समितिका पदाधिकारीहरुलाइ बधाइसहित शुभकामना दिएको छ । शुक्रबार क्याम्पसमा एक विशेष कार्यक्रमको आयोजना गरि संघले नवनिर्वाचित संचालन समतिलाइ बधाइ तथा शुभकामना व्यक्त गरेको हो । केहि दिन अघि क्याम्पसको ३९ औं साधरणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले शिक्षासेवि शंकर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।यसैबिच उक्त कार्यक्रममा बोल्दै क्याम्पसका पुर्व सल्लाहकार प्रा।डा।… पुरा पढौ

तयारी सकियो, पोखरा महोत्सव २९ गतेबाट

युनाइटेड क्लबको आयोजनामा हुन लागेको १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । यसपालिको महोत्सव पुस २९ देखि माघ ११ गतेसम्म अमरसिंह चौरमा हुँदै छ । महोत्सवमा २ सय ५० स्टल रहने छन् भने साढे २ लाखले अवलोकन गर्ने कार्यक्रम संयोजक दिनेश सुनारले बताए । महोत्सवमा टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ स्थापना भएको… पुरा पढौ

३ सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन रुपमा जनसङ्ख्या सन्तुलनमा राख्न समस्या हुने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । “गाउँपालिकाभित्र जनसङ्ख्या घट्दो क्रममा छ, घट्दै जाँदा कालान्तरमा गाउँमा मानिसको सङ्ख्या निक्कै कम हुन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं