Author Archive

यी कागजात देखाएर मतदान गर्न पाइन्छ

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन् । यस्तै, राष्ट्रिय÷परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र लिएर मतदान केन्द्रमा जान सक्नेछन् । सोबमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जान सक्नेछन् । यस्तै, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने… पुरा पढौ

चिप्लेढुंगाको पार्किङः पैसा दे नत्र मारिदिन्छु !

क्याप्सनः चिप्लेढुंगामा सवारी चालकलाई रोकेर पैसा मागिरहेका एक युवा र सवारी चालकसँग उठाएको पैसा गन्दै दुई युवा । पोखरा महानगरले यहाँ पार्किङ शुल्क उठाउँदैन तर चिप्लेढुंगामा सवारी पार्किङ गर्नेहरुले पैसा तिनुपर्छ । केही महिनादेखि चार÷पाँच युवा मिलेर यहाँ पार्किङ गर्ने सवारी चालकहरुसँग पैसा असुलिरहेका छन् । फरक क्षमताका ती युवाले चालकहस्सँग न्यूनतम १० रुपैयाँदेखि ५० रुपैयाँसम्म लिएको पाइएको छ । पैसा नदिने, छैन भन्नेहरुलाई दुव्र्यवहार गर्ने, पिट्छु, तलाई मारिदिन्छु भन्न… पुरा पढौ

रास्वपालाई कास्कीमा धक्का, उपसभापति राइले छाडे पार्टी

रास्वपा कास्की उपसभापति नेता राजु राईले पार्टी छाडेका छन् । २०७९ को चुनावमा कास्की १ मा रास्वपा उम्मेदवारसमेत रहेका राईले बिहीबार पार्टी छाडेका हुन् । कास्कीमा टिकट वितरणमा असन्तुष्ट रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन । अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’ उनी २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार थिए… पुरा पढौ

प्राडा कुशुमाकर न्यौपानेलाई अली मियाँ पुरस्कार

अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार २०८२ बाट साहित्यकार एवं समालोचक प्राडा कुशुमाकर न्यौपानेलाई सम्मान गरिने भएको छ । लोककवि अली मियाँको १ सय ८ औं जन्मजयन्तीको अवसरमा यही फागुन १५ गते शुक्रबार हुने समारोहमा नगद ५० हजार र सम्मानपत्रसहित न्यौपानेलाई सम्मान गरिने भएको छ ।पुरस्कृत व्यक्तित्व न्यौपाने करिब चार दशकदेखि नेपाली साहित्य र लोक वाङ्मयको क्षेत्रमा क्रियाशील छन् । साढे ३ दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका न्यौपानेका आधा दर्जनभन्दा बढी… पुरा पढौ

चुनावमा ३ दिन सार्वजनिक बिदा

सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो । पुरा पढौ

साहित्यकार सुरज उपाध्यायलाई पितृशोक

साहित्यकार सुरज उपाध्यायलाई पितृशोक परेको छ । उपाध्यायका ७५ वर्षीय पिता शङ्कर उपाध्यायको शुक्रवार बिहान हृदयघातका कारण निधन भएको हो । केही समयअगि क्यान्सरका कारण थलिएका उपाध्याय शल्यक्रियापछि स्वास्थ्य लाभ गरी फेदीखोला(२, चनौटे, स्याङ्जामा बस्दै आएका थिए । हाल सामान्य स्वास्थ्य अवस्था भएका उनी शुक्रवार बिहान घरायसी नियमित काम सकेपछि एक्कासि ढल्न पुगेका थिए । उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइए पनि चिकित्सकले हृदयघातका कारण निधन भएको जानकारी दिएका थिए… पुरा पढौ

एकल गायन स्पर्धामा रेन्बोको बर्चस्व

एपेक्स कास्कीले मंगलबार आयोजना गरेको एकल गायन प्रतियोगितामा रेन्बो स्कुले दोहोरो सफलता हाँसिल गरेको छ । एपेक्स कास्कीमा आबद्ध विद्यालयबिच भएको प्रतियोगितामा रेन्बोले प्रथम र दोस्रो स्थान हाँसिल गरेको हो । रेन्बो एकेडेमीका आयम अर्याल पहिलो बन्दा प्रिसा भण्डारी दोस्रो ठहरिइन् भने तेस्रोमा मेडिगोल्डका रोशनी सुनार र सान्त्वना ढुंगेसाँघु बोर्डिङका सन्देश श्रेष्ठ बने । कार्यक्रमका निर्णायकमा गायकद्वय रमभक्त जोजुजी र आदर्श पोखरेल रहेको कार्यक्रम कार्यक्रम संयोजक गोविन्द गौतमको बताए ।… पुरा पढौ

लोकतन्त्रको आधार नै युवा पुस्ता हुन्

सर्वप्रथमतः लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूको योगदानलाई सधैँ उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ । उनीहरूको त्याग र बलिदानले नै आजको उपलब्धि सम्भव भएको हो । तसर्थ, उनीहरूको योगदानको सम्मान गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा उतार्नु हाम्रो साझा जिम्मेवारी हो । लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्दै संविधानको… पुरा पढौ

फेवाताल मिच्ने संरचना हटाउन अल्टिमेटम

पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड र सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरु हटाउन १५ दिने अल्टिमेटम दिएको छ । महानगरले वडा नम्बर १८ को खपौँदी र रातोडाँडा क्षेत्रमा बिना अनुमति निर्माण गरिएका रेस्टुरेन्ट र क्याफेहरुलाई पत्राचार गर्दै संरचना आफैँ हटाउन निर्देशन दिएको हो । सर्वाेच्चको आदेश बमोजिम फेवातालको सीमाङ्कन गर्न पोल गाडिसकेको महानगरले अब तालको क्षेत्रमा बनेका संरचना हटाउने जनाएको छ । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले चाँडै तालाघरका सबै संरचना… पुरा पढौ

स्कुल बसका चालकले मापसे गरे स्कुललाई एक लाखसम्म जरिवाना

मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने पाँच चालकलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेपछि पोखरा महानगरले कडा कदम चाल्ने भएको छ । महानगर प्रमुख धनराज आचार्यले मंगलबारदेखि सबै विद्यालय तथा कलेज बसका चालकहरूको मापसे जाँचिने बताएका छन् । पोखरा महानगर शिक्षा समितिका अध्यक्षसमेत रहेका आचार्यले भने, ‘यदि कुनै सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा चालकलाई नियमानुसार कारबाही गरिनेछ र सम्बन्धित शैक्षिक संस्थालाई रु. ५,००० देखि १,००,००० सम्म जरिवाना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं