Author Archive

महावीर पुनलाई दुर्व्यवहार गर्ने पक्राउ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनमाथिमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–१३ बाँझापाटनका ४३ वर्षीय विकास गुरुङ हुन्। उनलाई प्रहरीले वडा नम्बर ९ महेन्द्रपुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।प्रहरी अभिलेखअनुसार गुरुङ यसअघि लागुऔषधसम्बन्धी मुद्दामा तीन पटक सजाय भोगिसकेको खुल्न आएको छ। यसअघि पृथ्वीचोकमा महावीर पुनसहितको टोलीले “महावीर… पुरा पढौ

धनुषा १ः सांसद मातृका कि कमल ?

धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका तर खारेजीमा परेका किशोरी साहलाई कालोसूचीमा हटाउन सर्वोच्च अदालतले बिहीबार निर्देशन दिएको छ । अब शाहको उम्मेदवारी कायम हुने वा नहुने भन्ने शुक्रबारको फैसलाले यकिन गर्ने छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बिहीबारको आदेश आयोगका नाममा नरहेकाले पनि आफूहरूको निर्णयमा यसले प्रभाव नपर्ने बताए। शाहको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा… पुरा पढौ

सबै पदाधिकारी हारेपछि राजीनामा दिने मुडमा गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिन लागेको बताएका छन्। उपसभापति विश्वप्रकाश शर्मासँग आज भएको भेटमा थापाले यस्तो बताएका हुन् । ुउपसभापति शर्माले अहिले राजीनामा नगर्न सुझाव दिएको स्रोतको भनाइ छ । फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावको पराजयको जिम्मेवारी लिँदै आफूले पद त्याग्नु उचित हुने थापाले बताएका थिए । फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारीहरू पराजित भएका थिए। कांग्रेसले १८ सिटमा मात्रै… पुरा पढौ

कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ !

विगत तीन दिनयता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाब, टिप्पणी, बिरोध, आक्रोश, हतासा, निरासा, संभावना, उपाय, दृढ़ता, जोशलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्‍यो, पहल लिनु पर्‍यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु । विस्तृतमा केही दिन पछि भन्ने छु । अहिलेलाई… पुरा पढौ

गगन बिश्व सही छन्, हतोत्साही नहुनू !

बढी दोष , घर खोक्र्याएर सन्तानलाई अलपत्र पारी भाग्नेहरुको हो , सिरक ओढेर बस्नेहरुको हो । अलिअलि दोष त यिनै गगन बिश्व प्रकाशहरुको केही झर्छ की भनेर ढुकेर बस्ने ,नबोल्नेहरुको पनि हो । देउवा आरजु & co बाट गगनजीले जहां छोयो वहीं च्यात्तिने , सिउन पनि नमिल्ने मक्कीएको कांग्रेस लिएका थिए । तै बिशेक के जति सकिन्थ्यो गरे , के गरुन बरा…! प्रतिघण्टा घण्टी हेरेर काम गर्ने हजारौं घण्टे मजदुरहरु… पुरा पढौ

ढल्यो शेरबहादुरको विरासत, डडेलधुरामा रास्वपा विजयी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेलधुरामा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजय हासिल गरेको छ। रास्वपाका तारा प्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई हराउँदै विजय हासिल गरेका हुन्। रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउदा कांग्रेसका महरले १२ हजार १ सय २१ मत मात्र ल्याए। २०४८ सालदेखि डडेलधुरामा देउवाले लगातार जित्दै आएका थिए।सात पटकसम्म कांग्रेसका तर्फबाट देउवा मात्रै उमेदवार बनेका थिए। देउवाको विरासत भत्काउने जोशी भने एमाले… पुरा पढौ

बालेनले लिए ओलीसँग बदला

बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टसल अन्ततः चुनावी परिणाममा पुगेर टुंगिएको छ। काठमाडौं महागनर प्रमुख हुँदा ओलीले प्रधानमन्त्री रहेका बेला पटक पटक असहयोग गरेपछि बदलाभावले झापा क्षेत्र नम्बर ५ मा पुगेका बालेन्द्रले ओलीलाई ४९ हजार ६१४ मतको भारी अन्तरले पराजित गरेका हुन् । बालेन्द्रले विजयी हुने क्रममा संसदीय इतिहासकै सर्वाधिक अर्थात् ६८ हजार ३४८ मत पाएका छन्, त्यो पनि ओलीकै गृहजिल्लामा । पराजित भएका… पुरा पढौ

पृथ्वीसुब्बा पराजित, रास्वपाको धर्मराजको जित

लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् । रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ मतले उनी पराजित भएका हुन् । केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र पाए । कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो । पुरा पढौ

भीम रावललाई हराउँदै कांग्रेसका स्वाँर विजयी

अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी हुनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावललाई ५२८ मतान्तरले पराजित गर्दै जित निकाल्नुभएको हो । निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार भरतकुमार स्वाँरले १० हजार ७५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा ९एमाले० का उम्मेदवार दीपकबहादुर साउदले ७ हजार… पुरा पढौ

कास्कीमा भत्कियो एमाले गढ, तीनै क्षेत्रमा रास्वपाको जित

कास्कीका तीनै क्षेत्रमा रास्वपा उम्मेदवारहरु विजयी भएका छन् । अघिल्लो चुनावमा पाँच दलीय गठबन्धनलाई हराएर तीनै क्षेत्र जितेको एमाले यसपालि जिल्लामा खाली हात भएको छ । कास्की क्षेत्र नम्बर १ मा ठूलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खड्कराज पौडेल (गनेस) विजयी भएका हुन् । पौडेलले ३९ हजार आठ सय ८३ मतसहित विजय हाँसिल गरे । उनका निकटमन प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार दुई सय १४ मत पाउँदा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं