Author Archive

१० रुपैयाँ किलो पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल किसान धमाधम आलु खनिरहेका छन् । खेतका गराभरि आलुका बोरा ठडिएका र सडक छेउमा आलुको चाङका दृश्य देखिन्छन्, तर किसान भने खुसी छैनन् । आलुको बजार मूल्य खस्किँदो त छँदैछ, खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् । हाल यहाँ आलु प्रतिकिलो रु सातदेखि रु १० सम्म झरेको छ । æआलुको भाउ घटेकै छ, तर पनि बिक्री भइरहेको छैन । विगतमा खेतबारीमा… पुरा पढौ

मध्यपूर्व सङ्कटको असर विश्वभरः तेल, सुरक्षा र पर्यटन जोखिममा

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उहाँको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभएको छ । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो । यसैबिच, इजरायलले  इरानले… पुरा पढौ

इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको पात्रो

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घ, कास्कीले नयाँ वर्ष २०८३ को भित्तेपात्रो प्रकाशन गरेको छ । प्रत्येक वर्ष पात्रो भित्तेपात्रो प्रकाशन गर्दै आएको संघले आगामी वर्षको पात्रो संघका गतिविधि, सरकारी बिदा, दिवस आदि संलग्न गरी नेपाल पञ्चांग निर्णायक समितिले यकिन गरेका तिथिमितिअनुसार प्रकाशन गरिएको संस्थाका अध्यक्ष चिन्तामणि खरेलले बताए । संस्थाले शुक्रबार औपचारिक कार्यक्रम गरी पात्रो सार्वजनिक गरेको हो । कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष उदयबहादुर केसीसहित संस्थाका… पुरा पढौ

कविता: नाइँ नरमाया

डरले गुजुल्टो पारेका रहरहरूकाबटन खोलिदिन्छेएक एक गर्दै उघ्रिन्छन् आशाहरूबन्द भएको मनको ढोका उघारिदिन्छेझोलिन नदिई बाँधेर राखेका सपनाहरूसलबलाउन थाल्छन् यताउताबिस्तारैत्यो ढोकाबाट प्रवेश गर्छ एउटा सानो कीटजसले उसलाई कुटुकुटु खान्छनिधारअधरघाँटी हुँदैझुन्डिन्छचमेरो झैँमासुका लोलामाप्रकृति यसलाई जैविक आवश्यकता भन्छतर,ऊ यसलाई प्रेमको नाउँ दिन्छेस्वर्ग के हो?कस्तो हुन्छ?अथवाछ! छैन?केही नजानी'प्रेम एउटा स्वर्गीय अनुभूति' भन्छेअनि रुझ्न खोज्छे प्रेमको वर्षामावर्षा? कि अम्ल वर्षा?यहाँ ज्ञान शून्य छप्रेम र प्रयोजनबोधकोमाखेसाङ्लोमा अझ्लेको छ विवेकमन दगुरेको छ भ्रान्त खुसीको पछिविज्ञानचाहिँ यथार्थको पाठ… पुरा पढौ

पोखरामा मुख स्वास्थ्य दिवस मनाइयो

डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकी प्रदेशले विविध कार्यक्रम गरी शुक्रबार मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा संस्थाले जनचेतनामूलक ¥याली निकाल्यो । ¥यालीका सहभागीहरुले स्वस्थ मुख स्वस्थ जीवनको आधार हो, मुखको खुसी र मुस्कानले जीवन नै सुखद् हुन्छ जस्ता नारा लेखिएका प्लेकार्ड बोलेका थिए । ‘एउटा स्वस्थ मुखले जीवन नै स्वस्थ बनाउँछ’ भन्ने नाराका साथ दिवस मनाइएको हो । खाना खाई सकेपछि दैनिक बिहान, बेलुका ब्रस गर्नुपर्छ भन्ने सूचनासहितको… पुरा पढौ

कविता: भोलि जे पनि हुन सक्छ

भोलि जे पनि हुनसक्छनफुलेको फूल फुल्नसक्छनखुलेको आकाश खुल्नसक्छ भोलिअधुरो सपना पूरा हुनसक्छवा पूरा भएको सपनाक्षणमै भत्किन पनि सक्छ भोलिसफलताको शिखर चुम्नसक्छत्यही शिखरबाटलडेर झर्न पनि सक्छ भोलिसोचेभन्दा राम्रो हुनसक्छवा सोचेभन्दानराम्रो पनि हुनसक्छ त्यसैलेआजै हिसाब नगर्नुस् भोलिकोआजै निष्कर्ष ननिकाल्नुस् भोलिकोनपत्याउने खोलाले पनिकहिलेकाहीँ बगाउन सक्छ किनकिअनुमानले होइनसमयले लेख्छ भोलिको कथा र सम्झनुसआजको सानो पाइला नैभोलिको ठूलो मोड बन्न सक्छवा बेवास्ता गरिएको यही पललेकथा अर्कै दिशामा मोडिन सक्छ भोलि जे पनि हुनसक्छ !भोलि केही… पुरा पढौ

चुरुङ्गामा चैते दसैंमा भजन प्रतियोगिता हुँदै

पोखरा महानगरपालिका वडा नं. १९ चुरुङ्गामा चैते दशैंको अवसरमा जिल्ला स्तरीय भजन गायन प्रतियोगिता हुने छ । चुरुङ्गामा रहेको प्राचीन दुर्गा मन्दिर तथा गौरीशंकर ब्रह्मविद्यापीठको प्राङ्गणमा पुनर्निर्माण गरिएको दुर्गा पाञ्चायन मन्दिरको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रतियोगिता हुन लागेको हो । मन्दिरका कार्यबाहक अध्यक्ष शंकर गौतमले प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिए । यही चैत ११ गते आयोजना हुने यस प्रतियोगितामा कास्की र जिल्ला बाहिरका गरी करिब १५ टोलीले सहभागिता जनाउने छन्… पुरा पढौ

१ करोड फिरौती माग्ने जेल चलान

सप्तरी जिल्लामा सात वर्षीया बालिकाको अपहरण गरेर फिरौती मागेको अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। सप्तरी जिल्ला अदालतको आदेशपछि अभियुक्तलाई पुर्पक्षका लागि सप्तरी कारागार राजविराज पठाइएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको खडक नगरपालिका–८, बिसनपुरमा डेरा गरी बस्ने इमरान खानकी छोरी आसु खातुनलाई गत फागुन ५ गते बेलुका करिब ७ बजे सोही नगरपालिका–९, सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदले मोटरसाइकलमा राखी अपहरण गरेका थिए । घटनापछि इलाका प्रहरी… पुरा पढौ

पर्वतका आइतबहादुर पोखरामा मृत भेटिए

कास्कीको पोखरा महानगरपालिका–१४ स्थित विजयपुर खोलामा एक पुरुष मृत भेटिएका छन् ।पर्वतको मोदी गाउँपालिका–९ देउपुर घर भएका ५१ वर्षीय आईत बहादुर नेपाली मृत अवस्थामा भेटिएका हुन् । उनी मंगलबार मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । पुरा पढौ

पहिले रुकम, पछि कास्कीबाट नागरिकता लिने हीराधन पक्राउ

जिल्ला प्रशासन कार्यालय कास्कीले गलत विवरण पेश गरी दोहोरो नेपाली नागरिकता लिएको आरोपमा १ जना नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । साविक रुकुम जिल्लाको कोल गाउँ विकास समिति वडा नम्बर १ घर भएका हीराधन पुनलाई दोहोरो थप अनुसन्धानका लागि प्रशासन जिल्ला प्रहरी कार्यालय कास्की पठाएको हो । पुनले यसअघि जिल्ला प्रशासन कार्यालय रुकुमबाट २०४७ फागुन २९ गते नागरिकता लिएकोमा ४ वर्षपछि फेरि जिल्ला प्रशासन कार्यालय कास्कीबाट अर्को नागरिकता लिएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं