पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घ, कास्कीले नयाँ वर्ष २०८३ को भित्तेपात्रो प्रकाशन गरेको छ ।
प्रत्येक वर्ष पात्रो भित्तेपात्रो प्रकाशन गर्दै आएको संघले आगामी वर्षको पात्रो संघका गतिविधि, सरकारी बिदा, दिवस आदि संलग्न गरी नेपाल पञ्चांग निर्णायक समितिले यकिन गरेका तिथिमितिअनुसार प्रकाशन गरिएको संस्थाका अध्यक्ष चिन्तामणि खरेलले बताए । संस्थाले शुक्रबार औपचारिक कार्यक्रम गरी पात्रो सार्वजनिक गरेको हो ।
कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष उदयबहादुर केसीसहित संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिति थियो । अध्यक्ष खरेलले व्यवसायिक एकता अभिवृद्धि गर्न सबै व्यवसायीका प्रतिष्ठानसम्म भित्तेपात्रो लगिने जनाए ।
कास्कीका इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी आवद्ध संस्थाले चाडपर्वमा मोवाइल मेला, बेला, बेलामा तालिम, सेमिनार जस्ता गतिविधिसमेत गर्दै आएको छ ।




