Author Archive

पुम्दीभुम्दीको वन अतिक्रमण गर्ने २२ जनालाई मुद्दा

पोखरा २२ पुम्दीभुम्दीमा राष्ट्रिय वन अतिक्रमण गर्ने २२ जनाविरुद्ध मुद्दा जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय कास्कीले वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको अभियोगमा मङ्गलबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो। मुद्दामा न्यायाधीश रामचन्द्र शर्माको मङ्गलबारको इजलासले अदालतमा उपस्थित तीन जनासँग जनही ५० हजार धरौटी मागेको छ। अदालतका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले मेघबहादुर क्षेत्री (राजु क्षेत्री), कृष्णप्रसाद बराल र उमनाथ देवकोटासँग जनही ५० हजार धरौटी माग… पुरा पढौ

एमाले कास्कीमा बैनबहादुरको प्यानलै विजयी

नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । ११ औं जिल्ला अधिवेशनबाट पूर्वसचिव अधिकारी पाँच सय ५१ मतसहित विजयी बनेका हुन् । बुधबार साँझ सार्वजनिक परिणाम अनुसार उनका प्रतिस्पर्धी माधव बास्तोलाले तीन सय ४७ र अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत पाए । अधिकारी एमाले स्थायी समिति सदस्य खगराज अधिकारी निकट हुन् । पराजित बास्तोला भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् । पदाधिकारीमा अधिकारी प्यानलकै उम्मेदवारी… पुरा पढौ

रमेश खरेलले छाडे रास्वपा

पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो । खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएका हुन् । पत्रमा खरेलले लेखेका छन्, ‘सचेत रुपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ ।’ खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका… पुरा पढौ

दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउने अनुमति दिन आदेश

झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार बनाउन अनुमति पाएर भौतिक संरचना तयार गरे पनि सरकारले अनुमति नदिएको भन्दै २०७७ सालमा रिट हालेका थिए।  न्यायाधीशद्वय शारंगा सुवेदी र कुमार चुडालको संयुक्त इजलासले फागुन १२ मा मेडिकल कलेज चलाउने अनुमति दिन आदेश दिएको हो। यही मुद्दाको सुनुवाइका लागि जाँदा प्रसाईँले निजी रूपमा राखिएका दुई… पुरा पढौ

फागूपूर्णिमामा रापाकोट पोखरा सम्पर्क समाजको साधारण सभा

स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको चौधौँ साधारण सभासँगै पारिवारिक भेटघाट एवम् होली विशेष कार्यक्रम आइतबार भएको छ । कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले गाउँभन्दा बाहिर रहेका युवाले गाउँको विकास र त्यहाँको परिवर्तनमा उल्लेख्य भूमिका खेल्न सक्ने बताए । पालिकाको समृद्धिमा सहकार्य गर्दै रचनात्मक सुझाव, सल्लाह दिन उनले आग्रह गरे । संस्थाका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष महेश्वर रिमाल, संरक्षक हेमनारायण चापागाईँ , अर्जुनचौपारी पोखरा सम्पर्क समाजका अध्यक्ष… पुरा पढौ

आमसञ्चार विधेयक प्रमाणिकरण, प्रेस रजिस्टार नियुक्तिको बाटो खुला

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार २ विधेयक प्रमाणीकरण गरे । गण्डकी प्रदेशसभाले फागुन २१ गते पारित गरेका गण्डकी प्रदेशमा बिउँ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भट्टले प्रमाणीकरण गरेका हुन् । आम सञ्चार विधेयक प्रमाणिकरण भएसँगै प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालय स्थापना र रजिष्ट्रार नियुक्तिको बाटो खुलेको छ । दुवै विधेयक चैत २ गते सभामुख कृष्णप्रसाद धितालले प्रमाणित गरेका थिए । आमसञ्चार विधेयकमा… पुरा पढौ

श्रीमानको हत्या गर्न सुपारी दिने च्याङ्वासहित ४ पक्राउ

कास्की प्रहरीले आफ्नै श्रीमान्को हत्या गर्न रकम दिने महिलासहित हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोककी ३५ वर्षीया च्याङ्वा भनिने कान्छी लामासहित थप तीन जना पक्राउ परेका हुन् । जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बा बोल्दे घर भएका ३६ वर्षीय रामबहादुर थापाको हत्या गर्न रकम दिने थापाकी श्रीमती लामासहितलाई विभिन्न मितिमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।कान्छीलाई सिन्धुपाल्चोक प्रहरीको सहयोगमा र धनबहादुर लामा, नवीन तामाङ भनिने फुर्वा… पुरा पढौ

पोखरामा मुख स्वास्थ्य दिवस मनाइयो

डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकीले बुधबार पोखरामा मुख स्वास्थ्य दिवस बनाएको छ । मार्च २० अर्थात् विश्व विश्व मुख स्वास्थ्य दिवसमा संस्थाले विविध कार्यक्रम गरेको हो । संस्थाले बिहान जनचेतनामूलक ्याली निकालेको छ । स्वस्थ मुख, स्वस्थ जीवनको आधार हो, मुखको खुसी र मुस्कानले जीवन नै खुसी बनाउँछ भन्ने नाराका साथ कार्यक्रम भएको हो । र्यालीका सहभागीले खाना खाईसकेपछि बिहान र बेलुका दाँत ब्रस गर्न आग्रह गरेका थिए । मुख… पुरा पढौ

पोखराका मेयर आचार्यलाई मातृशोक

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मातृशोक परेको छ । धनराजकी आमा जमुनादेवी आचार्यको मंगलबार ७२ वर्षमा निधन भएको हो । पोखरा ९ नयाँबजारमा रहेको निवासबाट शवयात्रासहित मंगलबार दिउँसो साढे ३ बजे तुलसीघाटमा जमुनादेवीको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । जमुनादेवीका श्रीमान, तीन छोरा र दुई छोरी छन् । पुरा पढौ

कास्कीमा मुक्तक मञ्चको शाखा, १७ गते खुला मुक्तक प्रतियोगिता

नेपाली मुक्तकको उत्थानका लागि क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति मातहत कास्की शाखा गठन भएको छ । राजकुमार आचार्यको अध्यक्षतामा गठित समिति ११ सदस्यीय छ । समितिको उपाध्यक्षमा विना ढुङ्गाना, सचिव सुसन पौडेल, कोषाध्यक्ष माधव सुवेदी र सहसचिवमा सुष्मा अधिकारी छन् । सदस्यमा करण कपुर, खनाल कृष्ण, विपना हमाल, प्रमिला पौडेल, अर्जुन चापागाई र सुदीप कुवँर छन् । भेलामा मुक्तक मञ्च केन्द्रीय समितिका अध्यक्ष रामजीप्रसाद आचार्यले नेपाली मुक्तको उत्थान क्रियाशील संस्थाको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं